साझा नेटवर्क
अनिश शर्मा गैरे/प्रकाश घिमिरे, गुल्मी फागुन ३।
गीत सँगीतका क्षेत्रमा गुरुको रुपमा चिनिने बहुचर्चित कलाकार ठानेश्वर गौतमले गुल्मीको कुर्घाका स्थानीयहरुलाइ नचाए । उनले नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर ३ का सासंद चन्द्र भण्डारीलाइ देश प्रेमी गीतद्धारा आशु झार्ने गराए ।
नेता भण्डारी यति सम्म प्रभाबित भएकि उनले आफुले लगाएको माला झिकी ठानेश्वरलाइ लगाइदिए । ठानेश्वर गौतमको प्रस्तुतीले बालक देखी बृद्धबृद्धालाइ अचम्मित बनायो । उनको गाजल लगाएनछौ, सालैजो, छमछम छमछम लगायतका गीतहरुले उपस्थितहरुलाइ नचायो भने देश भक्ति गीत एउटा सपुत जन्मे हुन्थ्यो देशलाइ माथी उठाउनलाइ भन्ने गीत गाउँदा उपस्थितहरु छातीमा हात राखेर आशु खसालेका थिए । उनीहरु साच्ची नै ठानेश्वरको प्रस्तुती बाट अचम्मित भए । स्थानीयहरुले कार्यक्रमलाइ तालीमय बनाएका थिए ।
आज सम्म धेरै गीतसँगीतमा आफ्नो स्वर र सँगीत भरेका गौतमले सँगीत क्षेत्रमा स्नातकोत्तरको पढाइ पनि गरेका छन । उनले गीत सँगीतकै क्षेत्रमा धेरै देशहरु पुग्ने अवसर पनि पाएका छन । उनले लोक गीत, आधुनिक, चलचित्र, रोइला, सालैजो लगायतका गीतहरुमा प्रसिद्धि कमाएका छन । उनी बाग्लुङ्को गल्कोट ज्यामिरेमा जन्मेका सर्जक हुन । उनले भावी दिनहरुमा यस्तै जनताको मन छुने गीतहरु गाउने प्रतिबद्धता ब्यक्त गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend