logo
  • शनिबार, साउन ३० २०८३

ट्वाक्क टुक्क रिटन्स दर्शकहरु माझ लोकप्रिय बन्दै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौँ, माघ २५।
कान्तिपुर टेलिभिजन बाट प्रत्येक शुक्रबार साँझ ७:३० बजे प्रसारण हुदै आएको ‘ट्वाक्क टुक्क रिटन्स’ अहिलेको भाग सम्म आउदा अत्याधिक दर्शक श्रोताहरुको रोजाइमा पर्न सफल भएको छ । आवाजको दुनियाको साथि दिनेश डिसीको होम प्रोडक्सन तथा निर्देशनमा तयार पारिएको चर्चित हास्य धाराबाहिक ट्वाक्क टुक्क रिटन्समा चर्चित समाबेसी कलाकार हरुको जमघट देख्न पाइन्छ ।
२० वर्षअघि नै टेलिभिजनमा अत्यधिक रुचाइएको हास्यश्रृंखला ‘ट्वाक्क टुक्क’ नयाँ स्वरूपमा पुन: प्रसारण हुन थालेको हो । ‘ट्वाक्क टुक्क रिटन्स’ शीर्षकमा निर्देशक दिनेश डिसीले यो श्रृंखलालाई कान्तिपुर टेलिभिजनमार्फत दर्शकमाझ पुन: लिएर आएका हुन ।

नेपाली दर्शकहरु माझ चर्चाको शिखर टेक्दै गरेको उक्त हास्यश्रृंखला ‘ट्वाक्क टुक्क रिटन्स” अबका आउदा दिनहरुमा अझ परिमार्जित गर्दै दर्शक श्रोताहरुको चाहना तथा मागलाई ध्यान दिदै समसामाहिक कथा बस्तुमा प्रस्तुत गरिने कुरा निर्देशक दिनेश डिसी बताउछन । अहिलेको पुस्ताका अधिकांश हास्य कलाकारले यही श्रृंखलाबाट अभिनयमा पदार्पण गरेको इतिहास छ ।

प्रत्येक शुक्रबार साँझ ७:३० बजे प्रसारण हुन थालेको यो श्रृंखलाले कम समयमै दर्शकको मन जितेको छ । श्रृंखलामा निर्देशक दिनेश डिसीसहित हास्य कलाकार महादेव त्रिपाठी, अन्जु थापा, सुरेन्द्र केसी, शिब शंकर रिजाल, गोपाल ढकाल, गिरि राज, सुशीला निरौला, यसुदा गिरि, जनक खड्का आदि कलाकारले अभिनय गरिरहेका छन् ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend