-संगिता कुवँर, टोकियो ।
हामी रहरै रहरको जिल्ला पत्रकारीता गर्दा बोमलाल गिरीको आवाज कहिले समाचार कहिले रिपोर्ट त कहिले अन्तर्वार्ता मार्फत उज्यालो ९० नेटर्वकमा सुनिन्थ्यो । आज म परको देश जापानमा छु । काम र पढाईमा व्यस्त छु ।
समयको व्यवस्थापन गर्न निक्कै कठिन भईरहेको छ । मैले एक दशक अघि रेडियोमा सुनेको चर्चित नाम बोमलाल गिरी अब फेरी युरोप नफर्कने गरी स्वदेश फर्केको सुन्न पाउँदा केही कुराहरूको मेरो दिमागमा तरगं पैदा भयो । जसोतसो समय व्यवस्थापन गरी उहाँकै नाममा परदेशबाट यो पत्र कोर्दैछु ।
मिडिया सोसाईटीमा पनि म छु, अकोरावमा पनि म छु, बानमा पनि म छु, उद्योग वाणिज्य संघमा पनि छु, उद्योग संघमा पनि छु र चुन्ने/चुनिने प्रक्रियामा सामेल हुन्छु । अनि नेपाल पत्रकार महासंघमा पनि छु र चुन्ने/चुनिने प्रक्रियामा निर्णायक भूमिका खेल्छु । आखिर म को हुँ ? हामी को हौं ? पत्रकार ! संगै पहिले रेडियोमा काम गरेका साथी टोपलाल अर्यालले लेख्नु भयो,’सात सालसम्म निरन्तर चलेको रेडियो यात्रा विश्राम गर्ने मुडमा ।
बोमलाल दाई ! तपाई नेपाल फर्कनु भो भन्ने खबरले मेरो खुशीको सिमा छैन । आमालाई सम्बोधन गरेर लेखेको पत्र पढे । त्यसको प्रतिउत्तरमा जनक बराल र बिष्णु पौडेलले लेखेका पत्र पनि पढे । मलाई लाग्छ सायद तपाई रहरै रहरमा परदेशीनु भएको थियो । तपाईले जस्तै नाम कमाउने रहरलाई एकातिर थन्काएर केही रहर अनि केही वाध्यताले झण्डै दुई वर्ष अघि परदेशीएकी मलाई तपाईले आमालाई लेखेको पत्रले हरेक समय घच्घचाई रहयो । तपाई जस्तै घर फर्केर सक्रिय पत्रकारिता गर्ने रहर त कहाँ मरेको थियो र ! र पनि तत्कालै तपाईको बाटो अवलम्वन गर्न नसके पनि तपाईको बाटोमै हिड्ने बाचा गर्छु ।
जे जसो जति गर्न सकिन्छ मेरै देशमा गर्नेछु । तपाई मेरो जस्तै स्वदेश फर्कने चाहना परदेशीएका लाखौं नेपालीको छ । तर घरखेत बन्दकि राखेर सयकडा तीनमा लिएको ऋण पनि त तिर्नुछ । परदेशमा थुप्रै मान्छे छन् जो देशमा काम गर्ने अबसर छैन देश बिग्रीयो भन्नेहरु तर तपाई आफु परदेश छिरेपछि थाहा पाउनुभयो होला । प्रवासमा कति दु:ख गर्नुपर्छ, समस्यासंग कसरी जुध्नुपर्छ । कोही पी आर र रातो पासपोर्टको लोभमा विदेसिएका छन् । अनि उनीहरु नै देश बिग्रीयो भनेर देशलाई रातदिन सरापी रहेका छन, धारे हात लगाईरहेका छन् ।
देशको माया गर्नेहरु त तिनिहरु हुन जो बिहान बेलुका आफ्नो परिवारको दुई छाकको लागी दुबई, कतार, मलेसिया जस्ता खाडी मुलुकमा पसिना बगाईरहेका छन निश्चीत समय काम गर्छन् र स्वदेशमै फर्किन्छन् । तपाई स्वदेश फर्कनुको अरु कुनै स्वार्थ छैन भने त्यो आगमनले युरोप, अमेरिका जस्ता सम्पन्न मुलुकमा भविष्य खोज्ने र पलायनको बाटो रोज्नेलाई पक्कै पनि गतिलो झापड दिएको हुनु पर्छ । अनि आफ्ना छोराछोरीलाई एेस, आराम र सुविधामा प्रवासमा पढाउने र उतै बस्ने सपना बुन्नेलाई राम्रो पाठ सिकाएको हुनु पर्छ ।
दाई ! तपाईले खाजा खाने समय चोरेर लेखेका लेख समाचार पनि मैले पढेकी छु । तर नेपालको पत्रकारिता झनपछि झन चुनौतीपूण बन्दै गएको छ । नेपाली पत्रकारिता प्रतीको जनविश्वास गुम्दै गएको छ । विश्वासनियता जोगाउने र निष्पक्ष पत्रकारिता गरेर जनतालाई सही सूचनाले सुसूचित गर्न तपाईलाई पनि चुनौतीपूण छ । परदेशबाट यो बहिनीको शुभकामना चुनौतीको सामना गर्न सफल हुनु । नेपाली पत्रकारीताले यति धेरै फट्को मारेको धेरै भएको छैन किनकि हामी सानो छदाँ रेडियो सुन्ने भन्ने कुरा पनि अचम्म मान्नु पर्थ्यो ।
पत्रकारीताको छिटो बिकास भएपनि व्यवसायिक रुपमा काम गर्न खोज्नेका लागी निपक्ष पत्रकारिता गर्न अझ पनि गार्हो छ । कि राजनितिक दलको ट्याग लागेको हुनु पर्ने कि दलाली र चाप्लुसी गर्नुपर्ने गलत परमपरालाई साच्चीकै गलत सावित गर्नु मैले देखेको तपाईको अर्को चुनौती हो । तपाई पत्रकारितामा लामो समयसम्म सक्रिय भएर लाग्नुभयो । बिचमा बिदेशीएपनि तपाई जस्तै आफ्नो देशमा केहि गर्नुपर्छ भन्नेहरु युरोपमा मात्र होईन धेरै देशका नेपाली आफ्नै देशमा बसेर काम गर्न चाहान्छन् ।
बिडम्वना कोहि चाहेर सक्दैनन फर्किन कोहि चाहादैनन । तपाई युरोप गएको छोटो समय मै फर्कनु भो म त्यो साहसको प्रशंसा गर्छु । तर दाई फेरि अर्को कुरा सुनन्दैछु । सहि गलत तपाईलाई नै थाहा होला । कतिपयले भन्दैछन् तपाईको नेपाल फिर्ती जापानका लागी ट्रान्जिट प्वाईन्ट मात्र रे, दाई ! त्यसो हो भने तपाईलाई प्रसंसा गरेर लेखेको यो पत्र गलत हुनसक्छ । दाई युरोपमा काम गर्नुभयो ? गार्हो पनि भए होला ?
हो जापान पनि त्यस्तै हो दाई यहाँ पनि मान्छे मेसिन बन्छन् । दिन रात काममा दौडिरहन्छन् । अप्ठाराहरु र दुख लगभग बिदेश पसेपछि सबै नेपालीको उस्तै हुन्छ । अहिले जापानमा पनि नेपालीको संख्या ६०हजार नाघिसकेको छ । यो समुह भित्र यस्तो जनशक्ती पनि छ । प्राध्यापक, शिक्षक, कर्मचारीहरु नेपालमा राम्रो पढाई सकेपनि अवसरको खोजीमा बितृष्णाले परदेशीनेको जमात पनि छ । जुन जन शक्तीले नेपाल बनाओस त्यस्तो युवा शक्तीले अरुको देश बनाई रहदाँ मन पिरो हुन्छ ।
आत्म सम्मान त धेरै परको कुरा नेपाली पत्रकारीतामा पनि गर्न चाहाने र निपक्ष रुपमा बिना स्वार्थ लागीरहने तपाईजस्ता पत्रकारले सुरुगर्नुभयो भने ठुला परिवर्तन गर्नको लागी बाटो बन्नेछ । यदि ठुला अपेक्षा भन्दा सामान्य जिवन चलाएर र समाजदेशको लागी केहि गर्न सकिन्छ भने तपाई जापान नआउनुस। बरु परदेश पसेका युवाहरुसाई कसरी स्वदेशमै अबसर र काममा प्रयोग गर्न सकिन्छ । त्यसबारे काम गर्नुस तपाईको धर्म पत्रकारीता हो । तपाई पत्रकारीता मै खुलेर काम गर्नुस दाई ।
फेसबुक चलाउदै जादाँ अग्रज दाजु दीपेन्द्र कुवँरको स्टाटस आयो, मिडिया सोसाईटीमा पनि म छु, अकोरावमा पनि म छु, बानमा पनि म छु, उद्योग वाणिज्य संघमा पनि छु, उद्योग संघमा पनि छु र चुन्ने/चुनिने प्रक्रियामा सामेल हुन्छु । अनि नेपाल पत्रकार महासंघमा पनि छु र चुन्ने/चुनिने प्रक्रियामा निर्णायक भूमिका खेल्छु । आखिर म को हुँ ? हामी को हौं ? पत्रकार ! संगै पहिले रेडियोमा काम गरेका साथी टोपलाल अर्यालले लेख्नु भयो,’सात सालसम्म निरन्तर चलेको रेडियो यात्रा विश्राम गर्ने मुडमा ।
यी दुई फेसबुक स्टाटसले नेपाली पत्रकारिताको अवस्थालाई छर्लंग पार्छन् । पत्रकारीता गरिरहन कसरी प्रोत्साहन गर्ने ?नत समाजलाई चासो छ न सरकार नत संम्बन्धीत निकायलाई चिन्ता छ । यो समस्या पत्रकारितामा मात्र होईन प्रशासन, राजनिती र विभिन्न ठाउँमा काम गर्नेहरुमा छ । युवामा बितृष्णा छ उनिहरु उम्कन चाहान्छन् । देशमा गर्ने बाताबरण भएन भनेर बाहिरीनेको संख्या बढ्दो छ ।
अब धेरै ढिला भएको छ । दाई हामी २ दशक राजनितीक संक्रमण भन्दै यत्तिकै पछाडी छौ । न राजनिति, न न्याय, न प्रशासन,न नियम,न कानुन, न दण्ड न सजाँय कसैपनि काम प्रति चिन्ता र गर्नुपर्छ भन्ने भावना छैन । नकरात्मक समाचारै समाचारले बाहिरबाट हेर्दा झन कठिन छ कि जस्तो लाग्दो रहेछ । भुकम्पले दिएको गहिरो चोट त्यस माथी पनि समयलाई सहि सदुपयोग गर्न सकिरहेका छैनौ ।
भुकम्प गएको २ बर्ष पुगिरहदाँ न अब बलियो घर बनाउनु पर्छ भनेर काम थालिएको छ । न पिडीत समक्ष सरकार भएको अनुभुति गराउन नै । त्यसैले समस्यै समस्याले गाँजेको नेपाली पत्रकारितालाई पनि तपाईको खाँचो थियो । सहि समयमा सहि निर्णय गर्नुभएको छ । म पनि ढिलो चाँडो अवश्य आउनेछु ।तपाईले अवलम्वन गरेको बाटो पक्षाउनेछु । अन्त्यमा तपाईको नेपालबसाई र सक्रिय पत्रकारीताको यात्रा सफल होस् । कामना !!!
संगिता कुवँर
गुल्मी, नेपाल
हाल : टोकियो जापान ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend