साझा नेटवर्क
सुर्य चन्द, काठमाडौँ माघ १०।
चलचित्र जोकरको जिरो फिगर नामक गित सार्वजनिक संगै गायक ध्रुब बिस्कोको चर्चा चुलिदै गएको छ । मिठो आवाजका धनि गायक ध्रुब बिस्को जिरो फिगरको गित सार्बजनिक भए लगत्तै चलचित्र पार्श्व गायनमा व्यस्तता बढ्दै गएको छ । चलचित्र जादुगर २ जोकरले एक पत्रकार सम्मेलन गरि चर्चित गित जिरो फिगर सहित अन्य तिनवटा गित समेत सार्बजनिक गरिएको थियो ।
उक्त गित जिरो फिगरमा गायक ध्रुब बिस्को संग सुमन गुरुङले आफ्नो आवाज भरेकी छिन । याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा कलाकार तथा निर्देशक महादेव त्रिपाठीको चलचित्र जोकर यहि आउदो चैत्र ४ गते नेपालभर प्रदर्शन हुने भएको छ । काठमाडौँमा एक पत्रकार सम्मेलन गरि उक्त कुराको घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा आवाजका दुनियाका साथि दिनेश डिसी, अभिनेता शिब श्रेष्ठ, नबराज श्रेष्ठ, मधु कुमार श्रेष्ठ, भाष्कर श्रेष्ठ, गोपाल कास्थ्य, गायिका सुनिता दुलाल लगायत अन्य व्यक्तित्व तथा उल्लेखनिय मात्रामा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
साथै पत्रकार सम्मेलनमा जादुगर २ जोकर चलचित्रको चारवटा गित समेत सार्बजनिक गरिएको थियो । नेपाली जनताहरुको भावना अनुरुप नेपालीहरुको नै जीवन चक्रमा आधारित हास्य प्रधान नेपाली कथानक चलचित्र जोकर एकदमै राम्रो बनेको र नेपाली दर्शकहरुको चाहना अनुरुप बनेको निर्माण पक्षले जानकारी दिएका थिए । चलचित्रको कथा बस्तु एकदम राम्रो र दर्शकहरुलाई मनोरंजन दिन सक्ने बनाएको हुनाले चलचित्र जादुगरको सफलतापछी महादेव त्रिपाठीले चलचित्र जोकर लिएर आएका हुन् ।
जोकर फिल्मको निर्देशन महादेव त्रिपाठी आफैले गरेका हुन् भने यस चलचित्रमा चर्चित जादुगर, हास्यकलाकार तथा कुशल अभिनेता महादेव त्रिपाठी, नव नायिका सिम्पल खरेल, विश्वका होचो कलाकार दिपेन शाह, सुरेन्द्र केसी(मुलाको साग), संगीता लामा, राजिब धमला, शिव शंकर रिजाल(जोगेन्द्र), अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, मेरी बास्सैकी अप्सरा लक्ष्मी श्रेष्ठ, राजेन्द्र गिरि, विनोद राई, सरु धिमाल, संचारकर्मी सुर्य चन्द रेशम फिरिरी लागायतका कलाकारहरुको अभिनय रहको छ ।
त्यस्तै यस चलचित्रका निर्मातामा मधुर बस्नेत रहेका छन भने यस चलचित्रका छायांकन मधुर बस्नेतले नै गरेका हुन् । लेखक बिशेष पन्तको लेखन रहेको यस चलचित्रमा द्वन्द सम्राट बस्नेत र गीत संगीतकारहरुमा ध्रुब बिस्को, सुगम पोखरेल, टंक बुढाथोकी र कमल खत्रीको रहेको छ । कलर तथा चलचित्र सम्पादनमा नितेश लामा छन् भने प्रोडक्सन म्यानेजरमा राजिब धमला छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend