साझा नेटवर्क
ऋषिराम अधिकारी, नयाँ दिल्ली ।
भारतको नया दिल्ली, लक्ष्मीनगर र आसपासको क्षेत्रमा करिव ७०००को हाराहारीमा नेपाली सिए विद्यार्थीहरु रहेको स्थानमा नेपाली कथानक चलचित्र ‘जात्रा’ प्रदर्शन हुने भएको छ । नयाँ दिल्लीको हिन्दी भवनमा उक्त सिनेमा देखाईने तय भएको छ।
जनवरी २९ तारिखका दिन उक्त सिनेमा देखाईने भएको छ। चलचित्र ४ बजे र ७.१५ गरी दुई शोमा प्रदर्शन गरिने भएको छ । लक्ष्मीनगरमा सिए विद्यार्थीहरु पढाईमा निकै नै व्यस्त रहने भएतापनि मनोरन्जनका लागि यो कार्यक्रम सहि माध्यम बन्ने विश्लेषण गरिएको छ । नयाँ दिल्लीमा यस अघि पनि विभिन्न नेपाली सिनेमा देखाइसकिएको छ।
यो चलचित्र दिल्लीसम्म ल्याउनको लागि फ्लाईङ युनिकर्न नेपाल ‘द फन’ ले धेरै नै पापड बेल्नु परेको थियो। हाईलाइट्स नेपाल र फ्लाईङ युनिकर्न नेपालको सहकार्यमा उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो। फ्लाईङ युनिकर्न नेपालका सदस्य दिवाकर पाण्डे भन्छ्न्, “हामी अब नेपाली चलचित्र हरेक महिनामा देखाउने भएका छौं।
प्रवासमा छरिएर बसेका नेपालीहरुलाई नेपालीपनको आवास दिलाउन र नेपाली चलचित्रको बजार बिस्तारका लागि हामी कसरत गरिरहेका छौं । साथै ‘नेप्लिज इन ब्याङ्लोर’ समूहले फेब्रुअरी ५ मा ब्याङ्लोरमा उक्त चलचित्र प्रदर्शन गर्ने भएको छ। स्मरण रहोस यो चलचित्रले बक्स अफिसमा राम्रो कारोबार गर्न सफल रही गौरवमय ५१ दिन समेत मनाई सकेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend