साझा नेटवर्क
अनिल खत्री, गुल्मी माघ ३ ।
नेपाल साँस्कृतिक संघ जिल्ला कार्य समिति गुल्मीको दोश्रो जिल्ला अधिवेशनबाट सभापतिमा खत्री निर्वाचित भएका छन् । अधिबेशनबाट खुमबहादुर खत्रीको सभापतित्वमा आगामी कार्यकालका लागि नयाँ कार्य समिति समेत चयन गरिएको छ ।
जसको उपसभापतिमा मनबहादुर खत्री र शिलु भट्टराई सचिव वसन्त खत्री, सहसचिव भुवन भुषाल कोषाध्यक्ष ज्ञानहरी सापकोटा सहित १५ सदस्य कार्यसमिति चयन गरिएको छ । कार्यक्रममा नेपाल दलित संघका अध्यक्ष झविन्द्र विक, चुरा बहादुर खत्रि हास्यकलाकार श्रीप्रसाद थापा, छवि पाण्डे,सुर्दशन खनाल, लगायतले शुभकामना मनत्व्य राख्नुभएको थियो । भने कार्यक्रमको बिचबिचमा कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गदै मनोरञ्जन प्रदान गरेका थिए ।
नेपाल सांस्कृतिक संघ जिल्ला कार्य समिति गुल्मीका अध्यक्ष मुकुन्द हरी गौतमको सभापत्वि रहेको कार्यक्रममा प्रमुख अतिथि पुर्व सांसद तथा केन्द्रिय प्रतिनिधि कृष्ण किशोर घिमिरे तथा विशेष अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ रहनु भएको थियो । भुवन भुषालको स्वागत मनत्व्य रहेको कार्यक्रमको सञ्चालन मोहन खत्रीले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend