साझा नेटवर्क
काठमाडौँ, माघ १ ।
यमबुद्धका नामले चिनिने नेपालका चर्चित र्याप गायक अनिल अधिकारीको निधन भएको छ । हाल लण्डनमा रहेका अधिकारी शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका हुन् । २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए ।
प्रहरीले घटनाबारे अनुसन्धान थालिसकेको र बुधबार पोष्टमार्टम भएपछि मात्र थप जानकारी आउन सक्ने लण्डनमा रहेका अधिकारीका साथीहरुले जानकारी दिएका छन् । हाल उनको नेपाल स्थित परिवारसाग सम्पर्क भइरहेको र उनको शवलाई नेपाल लैजाने वा नलैजाने भन्ने बिषयमा यकिन भइनसकेको उनीहरुले जानकारी दिए ।
२९ वर्षिय अधिकारी आफ्ना फ्यानहरुवीच यमबुद्धका नामले परिचित थिए । सामाजिक संजाल र युट्युवमा उनका लाखौं फ्यान छन् । उनले केही महिनापछि नयाँ एल्बम ‘खतरा’ निकाल्ने तयारी गरिरहेको बताइएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend