साझा नेटवर्क
गोविन्द वस्नेत वुटवल, कार्तिक २२ ।
सुन्तलाको सिजन भएकोले आज भोलि बुटवलको कृषि उपज थोक बजार केन्द्रमा यतिवेला सुन्तला व्यापारीहरु व्यस्त देखिन्छ । सुन्तलाको सिजन भएको कारणले पनि बुटवलको कृषि उपज थोक बजार केन्द्रमा सुन्तलै सुन्तलाको रास देखिन्छ । सुन्तला कृषि उपज केन्द्रमा मात्र होईन वुटवल वजार भरी हरीयै र पहेँलै देखिन्छ । दैनिक ६० देखि ७० टन सुन्तलाहरु बिक्रिका लागी पाल्पा स्याडजा गुल्मी अर्घाखाचि लगायतका जिल्लाहरुबाट सिजनको समयमा भित्रिने गर्दछ ।
बुटवलको कृषि उपज थोक बजार केन्द्रमा आएका सुन्तला स्थानिय बजार तथा पुर्व मेची देखी पश्चिम महाकालि सम्म पुग्ने गर्दछ । यो वर्ष समयमा पानि पर्नु र अनुकुल मौसमले गर्दा सुन्तलाको व्यापार राम्रो भएको सुन्तला कृषकहरु र व्यापारि हरु बताउन्छन । मन्डीमा करिब २ दर्जन व्यवसायिहरु थोक रुपमा सुन्तला खरिद बिक्री कारोबारमा संलग्न छन । बिभिन्न ठाँउबाट बुटवल भित्रिएको सुन्तलो बिर्ताामोड,इटहरी दमक, लाहन सम्म र पश्चिममा दाङ्ग, धनगढी,नेपालगंज,कोहलपुर महेन्द्रनगर सम्म यहाँका सुन्तला जाने गर्दछ।
सिमावर्ति क्षेत्र भारतमा भने सुन्तला गैरकानुनि रुपमा गएपनि भारतिय वजारमा निकासिको लागी निति नहुँदा र नेपालका सुन्तला भन्दा भारतका सुन्तला गुलियो र राम्रो नहुँदा भारत सरकारले सुन्तलामा रोक लगाएको कृषि उपज थोक वजार संचालक समितिका अध्यक्ष कलाधर पन्थिले वताउनुभयो सुन्तला बिक्रिका लागि बुटवल थोक बजार केन्द्रमा आएका किसानहरु उचित भाउ नपाएको गुनासो गर्छन तर वजारको भाउ र सुन्तलाको साईज अनुसार कृषकलाई पैसा दिएको पन्थीले वताउनुभयो ।
हाल बुटवलमा आउने ८० प्रतिशत सुन्तला स्याङ्गजाबाट भित्रिने गरेको छ । स्याङ्गजा , पाल्पा लगाएतका दर्जनौ किसानले सुन्ताला खेतीलाई व्यवसायीक रुपमा अगालेर राम्रो प्रगती समेत गरेको छन्। पाल्पा,गुल्मी, स्याङ्गजामा प्रसस्त सुन्तला खेती हुने गर्दछ । यदि जिल्लाका कृषि कार्यालयबाट सुन्ताला कृषकलाई आवश्यक तालिम प्रबिधिक सहयोग हुने हो भने दोब्वर सुन्तला उत्पादन हुने कृसकले वताउछन । बुटवलमा कात्तिक महिना देखी माघ सम्म सुन्तालाको राम्रो कारोबार हुने गर्दछ। तर यहा सुन्ताला मण्डिको लागि ठाँउ र बजार व्यवस्थित हुन भने सकेको छैन ।
प्रत्येक बर्ष सुन्तला किसान र थोक व्यापारीले ठाँउको समस्या भोग्दै आउदा पनि संबद्व निकायले यो समस्याप्रति ध्यान दिएको देखिदैन । सुन्तला बिकृको लागि छुट्टै मण्डीको व्यवस्था छैन । जसले गर्द सुन्तलालाई स्टोर गरेर रख्न नसकिने हुदा पनि किसानहरुले उचित मुल्य पाउन नसकेको हुन । हुनत अत्यन्तै अव्यवस्थीत रहेको बुटवलको सुन्तला बजार गत वर्षबाट बुटवलको थोक तरकारी तथा फलफुल बिकृी केन्द बाट बारोबार हुन थालेपछि केही व्यवस्थित भएको छ। तर पनि ठाउ अभाव छ, बजार मुल्य व्यवस्थित हुन सकेको छैन ।
बुटवलामा कात्तिक महिना देखी माघ सम्म सुन्तलाको राम्रो कारोबार हुने गर्दछ । बुटवलमा विभिन्न ठाउबाटा प्रशस्त सुन्तला भित्रिएपनि यहाँका उपभोक्ताले सुपथ मुल्यमा सुन्तला उपभोग गर्न पाएका छैनन । हाल थोक मण्डिमा प्रतिकेजी सुन्तला सानो २० देखि ३० रुपैया,मध्ययम ३० देखि ३५ रुपैया र ठुला सुन्तलाको मुल्य ४० देखि ६० रुपैया भएपनि बाहिर खुद्रा रुपमा महङगोमा सुन्तला किन्नुपरेको छ ।
बजार र उपभोत्ता बढ्दै जानु जस्ता कारणले पनि सुन्तलाको कारोबार बढदै जानथाले पछि किसानहरु पनि सुन्तलाको व्यवसाहिक कारोबारमा लागेका छन । गुल्मी पाल्पा, अर्घाखाचीका किसानहरु पनि व्यवसाहिक सुन्तला खेति तिर आकर्शित भएर राम्रो आँम्दानि गर्न सफल भएकाछन । सन्तलाको खेतिबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरुले गााउका वारी तथा जग्गामा सुन्तलाका विरुवा लगाउन थालेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend