साझा नेटवर्क
कृष्ण बिसी, पाल्पा पुष २१ ।
भनिन्छ प्रगतीका लागी उमेरले छेक्दैन । अझ भनौ केही नँयां गर्ने मान्छे छिट्टै सफल बन्न सक्दछ र आफ्नो लक्ष्य प्राप्तीको पथम हिडदछ । यसै गरि गुल्मीका एक युवा जो अहिले सानो उमेर र छोटो समयमा ब्यवसायीक र सञ्चार उद्यमी बनेर अगाडी बढिरहेका छन ।
केही बर्ष अघि रुपन्देहीका रेडियोमा काम गरेका गुल्मीको दर्लामचौर गाविस बडा न ३ नयापोखरा निवासी रविचन्द्र कुवंर अहिले पाल्पामा सञ्चालित रेडियो कुटुम्बका अध्यक्ष रहेका छन भने रुपन्देहीमा उनि र उनको परिबारले सञ्चालन गर्न लागेको सावुन उद्योग सञ्चालन हुने क्रममा रहेको छ ।
उमेरले भर्खर २३ बर्ष पुरा भएका कुवंरको सानैदेखि सञ्चारक्षेत्रमा लगाव थियो भने उनि जहिले पनि ब्यवसायीक बन्ने प्रयास गर्दथे । सफल ब्यवसायी बन्ने चाहाना अनुसार उनले बुटवलमा परिबार सगं मिलेर सावुन उद्योग सञ्चालन गर्न लागेका हुन । डिभि मार्फत अमेरिका पुगेका कुवंरले बिदेशमा बसेर भएपनि स्वदेशमा लगानी गर्नु र ब्यवसायीक बन्न उमेरले छेक्दैन भन्ने कुरा देखाउनका लागी यस्तो गरिरहेको बताए ।
करिब ३ बर्ष अगाडी अमेरिका पुगेका कुवंरले करिब १३ करोडको लगानीमा परिबार सगं मिलेर सावुन उद्योग सञ्चालन गर्न लागिएको बताए । अहिले निर्माणको काम चलिरहेका छ, केही महिनापछि सञ्चालन हुन्छ, उनले भने । सञ्चारक्षेत्रमा सानैदेखी रुचि राख्ने कुवंरले हाल सहकार्यमा पाल्पाको तानसेनमा रेडियो कुटुम्ब चलाईरहेका छन ।
लगानी पछि प्रतिफलको आश नभएपनि सञ्चारप्रतिको रुची र केही गरौ भन्ने उदेश्यले लगानी गरेको उनले बताए । लामो समय सम्म अमेरिका बस्ने ईच्छा नभएको र नेपालमै आएर सावुन उद्योगलाई निरन्तरता दिने योजना रहेको बताए । ब्यवासायीक बन्न र केही गर्नका लागी उमेरले छेक्दैन उनले भने, केही बर्षपछि सफल ब्यवसायी बनेर चिनीने छु – उनले भने ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend