logo
  • शुक्रबार, असोज ९ २०८३

गजल – हिम्मत “वाली” रैछौ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

खुबै गोरी भन्थे बाले हल्का चिल्ली काली रैछौ !
बोली कति मीठो रैछ व्यबहारमा जाली रैछौ !!

भेट हुँदा दोबाटोमा लाग्थ्यो कोहि पराई जस्तै,
बुझ्दै जाँदा अन्त्यमा त आफ्नै कान्छी साली रैछौ !

झ्याप्प देख्दा लाग्थ्यो मलाई हौ कि लुरे तुरे,
तर आज थाहा पाएँ निकै हिम्मत वाली रैछौ !

जवानी त्यो खेर जाला लौ न मेसो गरि हाल,
यता म’नि खाली थिएँ तिमी पनि खाली रैछौ !


मोहन शाह
अर्घाखाँची
हाल : काठमाडौँ

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend