logo
  • शुक्रबार, असोज ९ २०८३

गजल : नहोला


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

माधब पौडेल बाँसगढि न.ग.पा.८ बर्दिया

माधब पौडेल
बाँसगढि न.ग.पा.८ बर्दिया

होला आज म सगं दौलत नहोला
ठुला-बडा भनौदाहरुको संगत नहोला

मान्छेहरु नि छेपारो झैँ रंग फेर्छ्न यहाँ
सुखका दिनको आज त्यो जमात नहोला

मुटु घाेच्छन बचनहरुले र दुख्छ बेस्सरी
हेरुम भने नि त यो मुटुमा खत नहोला

संघर्ष गर्दैछु फेरिएला दिन मेरो पनि
गरेको यो मेहनत मेरो फगत नहोला

छालले बगरमा हुत्ताएको शालिग्राम हो’माधब’
नसोच यहाँ यस्को कुनै किमत नहोला


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend