logo
  • शनिबार, साउन ९ २०८३

बागलुङको बुर्तिबाङ देखि रुकुम खलङ्गासम्म सिधा बस सञ्चालन


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

बिमल खड्का, बाग्लुङ पुस १८।
बाग्लुङ जिल्लाको बुर्तिबाङ देखि रुकुमको खलङ्गासम्म सिधा बस सेवा सञ्चालनमा आएको छ । बुर्तिबाङ बस व्यवसायी समिति बुर्तिबाङ र सिस्ने हिमाल यातायात व्यवसायी संघसँगको सहकार्यमा सिधा बस सञ्चालनमा ल्याईएको छ ।

हिजो बुर्तिबाङ बसपार्कमा समितिका महासचिव नरहरि भुसालले रिवन काट्दै औपचारिक कार्यक्रमको उद्घाटन गरि खलङगा बस सेवा सञ्चान गरिएको हो । यस्तै उद्घाटन पछि यातायत ब्यवसायी, समितिका कर्मचारी, पत्राकार लगायतको टोली बस सहित रुकुमकोट पुगेको छ ।

उक्त टोली त्यहाँ पुगे लगत्तै स्थानियहरुले फुलमाला सहित भब्य स्वागत गरेको थिए । रुकुमको खलङगा देखि बाग्लुङको बुर्तिबाङ सम्म बस तथा जिप सञ्चालनमा आएको भन्दै त्यहाँका स्थानिय बासिन्दा निकै हर्षित बनेका छन । यस्तै बुर्तिबाङ बस ब्यवसायी समिति र सिस्ने हिमाल यातायात ब्यवसायी समितिका पदाधिकारी विच रुकुमको मैकोट मै परिचयात्मक कार्यक्रम पनि भएको छ ।

बुर्तिबाङ–रुकुम खण्डमा पुष्पलाल मध्यपहाडी लोकमार्गको स्तरिकरणसँगै यात्रुहरुको माग समेतलाई ध्यानमा राखेर बस सेवा सञ्चालन गरिएको बुर्तिबाङ यातायात व्यवासायी समितिका महासचिव नरहरि भुषालले जानकरी दिनु भएको छ । ९५ किमि दुरीमा रहेको सडक एकतर्फी यात्रा गर्न ७ देखि ८ घण्टा लाग्ने समितिले जनाएको छ । यस्तै आज रुकुमको मैकोटमा पनि उक्त कार्यक्रमको उद्घाटन गरिएको समितिका महासचिव नरहरि भुसालले बताउनु भएको छ ।

दैनिक रुपमा एक–एक बस बुर्तिबाङबाट मध्यपहाडी लोकमार्गमा रुकुमको काँक्रीहुँदै खलङ्गा आवत जावत गर्ने छन् । सिधा बस सेवा सुरु भएपछि यात्रुलाई आवतजवत गर्ने, सामान ढुवानी गर्न र मध्यपहाडी लोकमार्गको सडक पहुँच क्षेत्रमा उत्पादिन सामग्रीको बजारिकरणमा सजिलो हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend