logo
  • शनिबार, साउन ९ २०८३

मेरी बास्सैका कलाकारले शुरु गरे नयाँ टेलीसिरियल खित्का डटकम


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

काठमाडौँ, पुष १८ ।
रोकिएको मेरी बास्सैका कलाकारहरुले नयाँ टेलीसिरियल खित्का डटकम सुरु गरेका छन् । सुरबिर पण्डित (दाह्री बा), पल्पसा डंगोल (चम्सुरी) लगायतका कलाकारहरुको सशक्त अभिनय रहेको खित्का डटकमको दोस्रो भागमा लागू औषधमा लाग्ने युवकका कारण परिवारले झेल्नुपरेको समस्यालाई मुख्य रुपमा उठाइएको छ ।
रामचन्द्र अधिकारी, शम्भु थापा, सुरेश थापा, अनिता दंगाल, नेत्र राउत लगायतका कलाकारहरुको अभिनय रहेको टेलीसिरियलको कथा र निर्देशन सुरेश थापाको रहेको छ ।

नेत्र राउतको सह निर्देशन तथा पटकथा रहेको खित्का डटकमको छायांकन बुद्ध थापाले गरेका छन् । यस अगाडी अघिल्लो भागमा लोडसेडीगंको विषयबस्तुलाई उठाइएको थियो । हरेक शनिबार बेलुका ७ बजेबाट खितका डटकम मनोरञ्जन टिभीको यूट्युब च्यानलबाट प्रशारणमा आउँछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend