साझा नेटवर्क
सुवास विश्वकर्मा, गुल्मी पुस १८ ।
गुल्मीको जुभुङ्गमा यहीँ पुस २५ गते देखि हुन लागीरहेको धार्मीक एवं शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । श्री काब्रेपोखरी उच्च मा.बि.जुभुङ्गमा प्राविधिक शिक्षा तथा यस क्षेत्रकै नमुना शैक्षिक संस्था निर्माण गर्न आयस्रोत जुटाउने उद्देश्यले पुस २५ गतेदेखि माघ ३ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी तिब्र गतिमा गरिएको हो ।
महोत्सवको उद्घाटन नेपाली काङग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं. २ का सांसद चन्द्र भण्डारीले गर्नु भएको छ भने समापन नेकपा एमालेका सचिव तथा पुर्व सांसद प्रदिप ज्ञवालीले गर्नुहुने विद्यालयका प्र. अ. तेजेन्द्र खड्काले बताउनुभयो । महोत्सवको प्रचारप्रसार, ब्यवस्थापकीय र पुर्वाधार निर्माण लगायतको तयारी गर्ने काम तिब्र पारिएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष ज्ञान बहादुर खड्काले जानकारी दिनुभयो ।
महायज्ञ लाई सभ्य र भव्य रुपमा सु–सम्पन्न गर्न विभिन्न विद्यालय, अभिभावक,शिक्षक,विद्यार्थी,स्थानिय बासी,महिला समुह,क्लव र सञ्चालकहरु लगाएत खटिएका छन् भने विभिन्न समित तथा उप समिति गठन गरिएको छ । महायज्ञ उद्घाटन समारोहका दिन कलशयात्राले जुभुङ्ग गा.वि.स परिक्रमा गर्ने हुदाँ कलश संकलन गर्ने कार्यलाई समेत तिब्र पारिएको छ ।
त्यसको लागी आवश्यक कलश जुभुङ्ग गा.वि.स तथा छिमेकि गा.वि.स.का प्रत्यक घरधुरी तथा बिभिन्न ठाउँमा बसोबास गर्ने व्यक्तीहरुले उपल्बध गराउदै आएको छ । महोत्सवको उक्त क्षेत्रका साथै काठमाडौ, बुटवल लगाएतका ठाउँमा पुगेर तथा सथानिय रेडियो, स्थानिय टेलिभिजन माध्यमबाट प्रचारप्रसार गरिएको प्रचार प्रसार समितिका संयोजक प्रकाश थापाले जानकारी दिनु भएको छ ।
महोत्सव मार्फत तीन करोड भन्दा बढी रकम संकलन गर्ने लक्ष्य राखिएको र उक्त महान कार्यमा देश तथा बिदेशमा रहनुभएका महानुभावहरुलाई आर्थीक सहयोग गरिदिन तथा आर्थिक सहयोग गर्ने महानुभाव तथा दानदात्ताहरुलाई सम्मान समेत गरिने महायज्ञ मुल समारोह सचिवालय समितिका संयोजक सन्त बहादुर थापाले जानकारी गराउनु भयो ।
सो महोत्सवमा १००८ शालिग्राम पुजा,अर्धना,परिक्रमा,विराट धनधान्य महापर्व, राष्ट्रिय कला प्रस्तुत, ५१०० भन्दा बढि शान्ति कलाश पुजन, संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, योगविज्ञान शिविरको साथमा धार्मीक कथावाचन प्रवचन, भजनका साथै पुजाआजा गर्न सकिने विद्यालय सञ्चालक समिति एवं महायज्ञ मुल आयोजक समितिका अध्यक्ष ज्ञान बहादुर खड्काले बताउनुभयो ।
उहाँले पछील्लो समय स्नातक तहको शिक्षा हाँसील गर्नका लागि गा.वि.स तथा जिल्ला बाहिर जानुपर्ने समस्याको अन्त्य र प्राबिधिक शिक्षा प्रदान गर्न महोत्सव मार्फत संकलित आर्थिक स्रोत परिचालन गरिने बताउनुभयो । महोत्सवमा अन्तराष्ट्रिय कथा वाचक श्रद्धेय श्री गोविन्दहरण महाराज जीको मुखर विन्दुबाट दैनिक प्रवचन, नाटक तथा झाकि प्रस्तुत हुने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend