साझा नेटवर्क
गुल्मी, पुस १७ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत आज घुम्ती सहयोग कक्ष (गुनासो संकलन) कार्यक्रम गरिएको छ ।
आज जिल्ला प्रशासन कार्यालय तम्घास गुल्मीको परिसरमा गुनासो डेस्क राखी जिल्ला प्रशासनले दिने सेवासम्बन्धमा सेवाग्राहीको गुनासो संकलन गरिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीबाट सेवा लिदा सोधपुछ कक्ष नभएको, नागरिक बडापत्र स्पष्ट देखिने ठाउमा नभएको, राहदानी वितरणको कार्य १ बजे पछि मात्र गरिने हुदाँ टाढाबाट आएका सेवाग्रहीलाई घर फर्किन समस्या हुने गरेको जस्ता गुनासोहरु आएका थिए ।
उक्त गुनासोहरुका बारेमा सम्वन्धित सेवाप्रदायकसंग बसेर समस्या समाधानका उपायबारे छलफल गरिने भनी संस्थाका सह–सचिव विनोद पण्डेयले बताउनु भयो । उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेय, सह–सचिव विनोद पाण्डेय र संस्थाकी कर्मचारी अञ्जना अधिकारीको उपस्थितमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend