logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा १३ सय ६९ महिलाहरु व्यवसायीक साक्षर


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी पुस १४ ।
गुल्मीमा १७ सय १३ महिलाहरु ब्यावसायीक साक्षर भएका छन् । नेपालमा यूएसआईडीको ब्यावसायीक साक्षर कार्यक्रम अन्र्तगत उक्त महिलाहरु साक्षरता सहित व्यबसायी सिप समेत सिकेका छन् । जिल्लामा १८ महिना सम्म सञ्चालन भएको उक्त कार्यक्रमबाट १५ वटा गाविसमा सञ्चालनमा आएको थियो ।

जिल्लाका बिभिन्न गाविसहरुमा आफनो कार्यक्रम सम्पन्न गरको अबसरमा आयोजित कार्यक्रममा प्रतिबेदन सार्वजनिक गर्दै कार्यक्रम समापन भएको जनाएको छ । नेपालमा खाध्यन्न संकट तथा गरिवी न्यूनिकरण गर्ने र पोषणको अबस्थामा सुधार गर्ने राष्ट्रिय उदेश्यले कार्यक्रम सुरु गरिएको थियो ।

यूएसआईडीको आर्थिक सहयोग र डिप्रोक्स नेपालको सहकार्यमा सञ्चालनमा आएको कार्यक्रमबाट ठुलोलुम्पेकबाट १ सय ९१ जना, थानपातिबाट ७७ जना, रुरुबाट ८५ जना, हर्मिचौरबाट, ८१ जना, हरेवाबाट ५३ जना, हर्दिनेटाबाट, ५३ जना, ग्वादीबाट ७८ जना, गौडाकोटबाट ८० जना, दिगामबाट ८० जना, बिश्वखर्कबाट ८३ जना, बिरवासबाट १ सय ४२ जना, अश्लेवाबाट ८१ जना, अरबेनीबाट ८८ जना सहभागी भइ व्यावसायीक साक्षरता भएको उक्त कार्यक्रमकी प्रमुख ओमकुमारी भट्टले जानकारी दिइन ।

तालिमबाट साक्षरता सगै पोषण शिक्षामा प्राप्त जानकारी खानपान सुधार, जीवन उपायोगी शीपबाट जिवनमा आइपर्ने समस्याहरु समधान गर्न उपायहरु, आम्दानी अर्च हिसाव राख्ने सक्ने , नयाँ ब्यावसायको सुरुवात जस्तै दुग्ध उत्पादन, तरकारी खेती, वास बेतको सामाग्री निर्माण, पोल्टीफर्म लगायतका महत्वपूर्ण विषय बस्तुमा सुधार ल्याएको भट्टको भनाइ रहेको छ ।

समापन समारोहमा कक्षा ब्यवस्थापनको तर्फबाट बोल्दै भुपेन्द्र कँडेलले यो अबधीमा धेरै कुरा सिक्ने र सिकाउने अबसर प्रप्त भएको भन्दै यस जिल्लाका अन्य गाविसमा पनि यो कार्यक्रम आबश्यक रहेको बताए । तालिमबाट धेरै कुराहरु सिकेर व्यावहारमा समेत उतारेको सहभागि मैया भट्टराईले बताइन । उनले धेरैकुराहरु सिकेर अहिले दुइ चार सय पैसाको लागी आफुलाई खोज्नु पर्ने बाध्यता हटेको बताइन । पुरुष त के २ वटी भन्दा वढी महिलाहरु भेटे बोल्न पनि डराउने अहिले धेरै सामु बोल्ने सक्ने भएको तालिमा सहभागी अर्की महिला केम कुमारी रानाको भनाइ रहेको छ उनले तालिमबाट सिकेर जिवनमा धेरै परिर्वतन ल्याएको बताइन ।

कार्यक्रममा डिप्रोक्स नेपालका प्रमुख कैलाश नेपाल, जिल्ला शिक्षाकार्यालय गुल्मीका श्रोतव्यक्ति केशव पराजुली, जिल्ला बिकास समिति गुल्मीका निमित्त स्थानिय बिकास अधिकारी सरोज पोखरेल लगायतले जिल्लामा ब्यवसायीकता सगै धेरै साक्षर भएकोमा खुसी ब्यक्त गरेका थिए । ब्यावसायी साक्षरता जिल्लाका अन्य गाविसहरुमा पनि आबश्यक रहेको बताए । सदरमुकाम तम्घासमा सम्पन्न कार्यक्रममा जिल्ला स्थित बिभिन्न कार्यालयका प्रमुख, संघ संस्थाका प्रमुख, पत्रकारहरुको सहभागित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend