साझा नेटवर्क
दाङ, पुस ११।
भोली १२ गते बन्द गर्ने घोषणा गर्दै माइकिङ गराउँदै हिडेका दर्जन भन्दा बढी हिन्दुवादीका कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा रुपा वली, विष्णु गौतम, गोमानसिंह वली,केशव जिसी, तिलक सुवेदी, माधव काफ्लेलाई घोराई प्रहरी कार्यालय राखिएको छ भने डबलप्रसाद निरौला, धनपती शर्मा लगायतलाई जिल्ला प्रहरी कार्यालय दाङ राखिएको प्रहरी स्रोतले जनाएको छ ।
त्यसो त देश धर्म निरपेक्ष भए यता विभिन्न बाहनामा राष्ट्र र राष्ट्रियता र नेपालको मौलिक धर्म संस्कृति मास्ने षडयन्त्र स्वरुप विभिन्न खालका नियोजित प्रहारहरु भै रहेका छन । त्यही नियोजित षडयन्त्रको अर्को योजनानात्मक प्रहार पछिल्लो पटक कैलालिमा भएको सामूहिक गौ हत्या हो । यस्ता निकृष्ट तथा निन्दनीय कार्यको हिन्दू जागरण परिवार प्रतिकार गर्दै आएको छ । यस्ता कार्यतापूर्वक गरिएका अपराधहरुको खोजी गरी दोषीलाई कार्रवाईको दायारामा ल्याउनु पर्नेमा सरकार मौन बस्नुले आम हिन्दुत्व प्रेमी जनसमुदायहरुलाइ अझ आक्रोशित पारेको छ् ।
गाई हिन्दुहरुको आस्थाको प्रतिक मात्र हैन नेपालको राष्ट्रिय जनावर पनि हो । त्यसैले राज्य बाट यस घट्ना प्रति कुनै चासो नदिनुले भोटिगको राजनीतिका लागि राज्य पक्षको प्रत्यक्ष वा अप्रत्यक्ष संग्लनता भएरै अपराधिक मनोवल बृद्धि गरिएको हो कि भन्ने संका पनि आम जनताहरुले गर्न थालिसकेका छन । त्यसैले आम जनताको मर्म र भावना बिपरीत हुने गरी पवित्र देवभूमिमा गरिएको गौ हत्याको घोर बिरोध तथा भर्त्सना गर्दै हिन्दू जागरण युवा संघ नेपालले सडक संघर्ष गरी रहेको पनि छ ।
घटनाको सत्यतथ्य छानवीन गरी दोषीमाथि कडा भन्दा कडा कार्रवाईको प्रकृया अगाडी नबढाईए सम्म आन्दोलनका कार्यक्रमहरु स्थगन हुने छैनन । यसै सन्दर्भमा पुस १२ गते मध्य पश्चिम बन्दको घोषणा गर्दै त्यहाका सम्पूर्ण न्यायप्रेमी जन समुदायहरुलाई सहयोग र समर्थनको लागि हार्दिक अपिल गरेको हिन्दु जागरण युवा संघ नेपालले विज्ञप्ती जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend