साझा नेटवर्क
भुवन रायमाझी, पाल्पा पुस १० ।
नेपाल प्रेस चौतारी नेपाल पाल्पा शाखाको घुम्ति बैठक अन्तर्गतको तेस्रो पूर्ण वैठक रामपुरको भुजातमा सकिएको छ । रामपुरको धार्मिक एवम् पर्यटकीय स्थल भुजातमा भएको बैठकले ६ बुदेँ रामपुर घोषणापत्र २०७३ जारी गर्दै सकिएको हो ।
प्रेस चौतारी नेपाल पाल्पा शाखाको पत्रकारितामा सवैभन्दा प्रभावकारी सँगठनमा रहेकोले यसलाई अझ प्रभावकारी ढङगले अगाडी बढाउने, पत्रकारिता पेशामा सँलग्न हरेक पत्रकारलाई सँचार माध्यामबाट नियुक्ति पत्र, न्युनतम पारिश्रमीक विदा लगाएतका सुविधा लिने सम्बन्धमा सार्वजनिक भेलाको आव्हान गर्ने, जनताको सुचनाको सँवाहकका रुपमा रहेका पत्रकार, सँचारकर्मिको क्षमता विकास, सुचना प्रविधिी मैत्रि, बनाउन सहयोग गर्न सम्पुर्ण निकायमा आग्रह गर्ने भएको छ ।
सरकारले प्रेदश टुक्रयाएर सविँधान सँशोधन गर्न लागेकोले यसको विरुद्धमा भएका आन्दोलनमा ऐक्यवद्धता जनाउने, प्रेस चौतारीको तेस्रो शाखा वैठक सम्पन्न गर्न सहयोग पुर्याउने नेकपा वडा नम्बर १३ भुजातको वडाकमिटि, स्थानिय कृर्षक र जनसमुदायमा धन्यावाद दिने, तथा रामपुर नगरपालिका वडानम्बर १३ भुजात, धार्मिक तथा कृर्षि पर्यटनको प्रचुर सम्भावना रहेकोले पुर्वाधार विकासका लागी आवस्यक बजेट विनीयोजन गर्न जिल्ला विकास समिती पाल्पा रामपुर नगरपािलका र नेपाल सरकारसँग माग गर्ने घोषणा पत्र जारी गर्दै सकिएको हो ।
प्रेस चौतारी जिल्ला शाखा पाल्पाका अध्यक्ष राजेन्द्र लिगलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य, जिल्ला इन्चार्ज तथा पुर्व उद्योग मन्त्रि सोमप्रसाद पाण्डे प्रमुअ अतिथि रहनुभएको थियो । कार्यक्रममा पुर्व मन्त्रि पाण्डेले पत्रकारहरु र सँचारमाध्यमको योगदान विगतदेखि नै महत्वपुर्ण रहेकोले अव पनि गाउँबाट बाहिर आउन नसकेका गतिविीलाई खुलेर वाहिर ल्याउन पत्रकारलाई सुझाव दिनुभयो । उहाँले पाल्पाको विकासमा विगत देखि नै प्रेस चौतारी नेपालले महत्वपुर्ण भुमिका खेलेकोले अव पनि अग्र पँतिमा रहेर काम गर्न शुभकामना दिनुभएको छ ।
कार्यक्रमका अवसरमा जिल्ला कमिटि सदस्य राजुप्रसाद श्रेष्ठले स्वर्गिय आमा बुवाको नाममा सामाजिक पत्रकारिता पुरस्कारका निम्ति २५ हजार ५ सय ५ रुपैया को अक्षयकोष, जिल्ला कमिटि सदस्य विनोद श्रेष्ठले शिक्षा पत्रकारिता पुरस्कारका लागी २५ हजार, ५ रुपैया,को अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । क्षेत्रिय कमिटि सदस्य कृर्तिनाथ श्रेष्ठले ५ हजार रुपैया, रामजाली बङगुर फर्मका सँचालक सुर्य रामजालीले ४१ सय ५ रुपैया पे्रस चौतारी नेपाललाई सहयोग गर्नुभएको छ ।
कार्यक्रममा बैकुण्ठ खनालले नेकपा एमाले सँगै प्रेस चौतारी नेपाल जिल्ला शाखा पाल्पाले भुजात सिद्धवावा परिसरमा कार्यक्रम गरेर त्यहाँको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै यसबाट धार्मिक एव्म पर्यटकिय स्थलको विकास हुने भन्दै खुसि व्यक्त गर्नुभएको कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष नारायण आचार्य, जिल्ला कमिटि सदस्य राजुप्रसाद श्रेष्ठ, प्रेस चौतारी केन्द्रिय अनुसन्धान आयोगका सदस्य भगवान भण्डारी, केन्द्रिय सदस्य कमलराज तिमिल्सेना, नेपाल पत्रकार महासँघ जिल्ला शाखा अध्यक्ष राजेशकुमार अर्याल लगाएतले बोल्नु भएको थियो ।
चौतारी जिल्ला शाखा उपाध्यक्ष बन्दना पोख्रेलको स्वागतबाट शुरु भएको बैठकमा बैठकको एजेण्डा सम्बन्धमा अध्यक्ष राजेन्द्र लिगल, चौतारीका गतिविधी सम्बन्धमा सचिव कृष्ण कार्की, र आर्थिक आयव्यय सम्बन्धी जानकारी कोषाध्यक्ष टिकाराम वस्यालले दिनुभएको थियो । शाखा अध्यक्ष राजेन्द्र लिगलको अध्यक्षतामा भएको कार्यक्रमको सँचालन सचिव कार्कीले गर्नुभएको हो । बैठक जानकी निमावी भुजातमा भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend