logo
  • शनिबार, असोज १० २०८३

सूर्योदय उच्च माविले स्वर्ण महोत्सव मनाउने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सुवास बिश्वकर्मा, गुल्मी, पुस ९ ।
गुल्मीको जुभुङ गाविसमा अवस्थित श्री सूर्योदय उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको स्वर्णमहोत्सव मनाउने तयारी गरेको छ । वि.स २०२३ साल फाल्गुन २७ गते जुभुङका शिक्षाप्रेमी अग्रजहरुले स्थापना गरेको श्री सूर्योदय निम्न माध्यमिक विद्यालय हालको श्री सूर्योदय उच्च माध्यमिक विद्यालयका रुपमा रहेको छ ।
विद्यालयले यसै वर्ष स्थापनाको ५० वर्ष पूरा गर्ने भएकाले आगामी फाल्गुन २२ देखि २७ गतेसम्म विविध कार्यक्रमहरुको आयोजना गरि स्वर्णमहोत्सव मनाउने भएको छ । विद्यालय व्यवस्थापन समिति तथा सरोकारवाला जुभङवासीहरुको एक भेलाले फाल्गुन २२ देखि २७ गतेसम्म स्वर्णमहोत्सव मनाउने निर्णय गरेको हो । स्वर्णमहोत्सवमा विभिन्न चन्दादाता सम्मान, अन्य सम्मान, विद्यार्थी पुनर्मिलन, अतिरिक्त क्रियाकलाप, राष्ट्रिय तथा स्थानिय कलाकार र विद्यार्थीबाट सांस्कृतीक कार्यक्रम, खेलकुद लगायतका कार्यक्रमहरु गरिने भएको छ ।
उक्त महोत्सवलाई व्यवस्थित र भव्यरुपमा सफल पार्न स्वर्ण महोत्सव मुल आयोजक समिति गठन गरिएको छ । स्वर्ण महोत्सव मुल आयोजक समिति अध्यक्षमा लोकबहादुर गौतम, उपाध्यक्षमा केशरशिह सारु, कोषाध्यक्षमा हरीहर गौतम र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक सन्तोष गौतमलाई जिम्मेवारी दिइएको छ । साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर रजालीको अध्यक्षतामा बसेको बैठकले हरीहर गौतमको अध्यक्षतामा १९ सदस्यीय आर्थिक संकलन उपसमिति समेत गठन गरेको छ ।

साथै युवा सम्पर्क समन्वय, स्वयम सेवक परिचालन, सुरक्षा तथा खेलकुद कार्यक्रमलाई व्यवस्थित गर्ने उद्धेश्यका साथ ३१ सदस्यीय युवा परिचालन उपसमिति पनि गठन गरिएको छ । युवा परिचालन उपसमितिमा कमल थापालाई संयोजक तथा बालबहादुर रानालाई उपसंयोजकको जिम्मेवारी दिइएको ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend