logo
  • शनिबार, असोज १० २०८३

रुद्रावति बहुमुखी क्यापसमा विधार्थीको स्वागत, प्राध्यापकलाई बिदाइ


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिश शर्मा गैरे, गुल्मी पुष ८।
रुद्रावति बहुमुखी क्याम्पस वामीका स्नातक तहका बिद्यार्थीहरुले स्नातक प्रथम तहमा भर्खरै भर्ना भएका बिद्यार्थीहरुलाइ स्वागत गरेका छन । स्नातक तेश्रो तहकी बिद्यार्थी राधिका खरेलको अध्यक्षता रहेको कार्यक्रममा रुद्रावति बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष महेश बहादुर जीसीको प्रमुख आतिथ्यता रहेको थियो ।

कोषाध्यक्ष गजाधर सापकोटा, क्याम्पसका निमित्त प्रमुख रामु तिवारी, प्राद्यापक, बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा श्रृङ्खला बौद्धाचार्य, अर्चना बोहोरा, सम्झना खरेल र बिपना खरेलले स्वागत गित मार्फत सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि महेश जिसी, निमित्त क्याम्पस प्रमुख रामु तिवारी, बिद्यार्थी अनिश शर्मा गैरे, अस्मिता सापकोटाले स्वागत मन्तब्य राख्नुभएको थियो भने भने प्रथम बर्षका बिद्यार्थीबाट केहरसिहँ राना तथा मुना चालिसेले धन्यबाद मन्तब्य दिनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा प्रथम बर्षका बिद्यार्थीहरुलाइ टिका तथा फुलले स्वागत गरिएको थियो । कार्यक्रमको सञ्चालन बिद्यार्थी सोनिसा भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा नवआगन्तुक बिद्यार्थी तिलक घर्ती मगरले मुक्तक प्रस्तुत गरि सबैलाइ मनोरञ्जन प्रदान गर्नुभएको थियो । त्यसैगरी आज कार्यक्रमकै अवसरमा आज क्याम्पसमा शिक्षण गर्दै आउनुभएका प्राद्यापक युवाराज सोडारीको बिदाइ गरिएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष महेश जिसीको अध्यक्षता रहेको कार्यक्रममा निमित्त क्याम्पस प्रमुख रामु तिवारी तथा बिदाइ हुनुभएका प्राद्यापक सोडारीले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बिद्यार्थी अनिश शर्मा गैरेले कविता बाचन गरि सबैको मन छुवाएका थिए । कार्यक्रमको सञ्चालन प्रद्यापक महेश्वर घिमीरेले गर्नुभएको थियो । प्राद्यापक सोडारी कैलाली बासी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend