साझा नेटवर्क
निरोज कुमार थापा, रामेछाप पुष ८।
रामेछापको सदरमुकाम मन्थली नगरपालीका–२ आकाशेमा संचालीत सैलुङ्ग स्प्रीङ्ग वाटर कम्पनिबाट उत्पादीत पानीमा अखाद्य वस्तुको स्वाद फेला परेपछि जिल्ला प्रसासन कार्यालय रामेछापले आकस्मीक अनुगमन गरेको छ ।
आज जिविस रामेछापले आयोजना गरेको सूचना व्यवस्थापन तालीममा प्रयोग गरिएको पानीको स्वादमा च्यापु र जिव्रोमा च्यापच्याप टाँसिने चिल्लो पदार्थ फेला परेपछि प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको निर्देशनमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले कम्पनीको आकस्मीक अनुगमन गरेको हो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्त प्रमुख नवराज सत्याल, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापा, पत्रकार महासंघ रामेछाप लगाएतको प्रतिनिधि मण्डलले अनुगमन गरी सुद्ध पानीे उत्दान गर्न सुझाव दिएको छ । अखाद्य पदार्थ फेलापरेको खानेपानीको बोतल परिक्षण गर्न पुनः प्रयोग शालामा पठाइने खानेपानी डिभिजन कार्यालयका निमित्त प्रमुख नवराज सत्यालले जानकारी दिनुभयो ।
यसअघि पनि पटक–पटक शैलुङ्गको खानेपानीको सुद्धताको बारे प्रश्न उठ्दै आएको थियो । उक्त कम्पनीले दैनिक १ हजार ५ सय लिटर पानी उत्पादन गर्दै आएको छ । पानीको शुद्धता सुधार गर्न कुनै पनि कसर बाँकी नराख्ने कम्पनीका प्रतिनिधि उत्तमकुमार चौहानले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend