logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा प्रदेश नं ५ टुक्राउनु बेठीक पक्षमा जनमत


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी पुस ८ ।
सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएर दर्ता गरेको संशोधन प्रस्तावको बिरोधमा गुल्मीको सदरमुकाम तम्घासमा नमुना जनमत संग्रहको मत गणना सम्पन्न भएको छ ।

संयुक्त यूवा बिद्यार्थीको आयोजनामो प्रदेश नं. ५ बाट पहाडि जिल्लाहरु गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका जिल्लाहरुलाई टुक्राउने गरी नेपाल सरकारले संसदमा पेश भएको संविधान संसोधन प्रस्तावको पक्ष वा विपक्षमा नमुना मतदान भएको थियो । मंसिर ३० गते सम्पन्न नमुना मतदानमा कुल ५ हजार १ सय १० मत खसेको थियो ।

मत गणना अनुसार टुक्राउनु बेठिक पक्षमा ५ हजार ८ मत खसेको छ भने टुक्राउनु ठिक पक्षमा ४९ मत खसेको थियो भने ५३ मत बदरभएको संयुक्त संघर्ष समिति गुल्मीले जनाएको छ । नमुना मतदानमा गुल्मीका बिभिन्न व्यक्ति, युवा बिद्यार्थी लगायत स्थानियले स्वतस्फूर्त रुपमा उपस्थित भई आफनो मत दिएका छन् ।

गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य संघ,पत्रकार महासंघ, नागरिक समाज, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ ।

सरकारले ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीले जनाएको छ । संघर्ष समितिले पुस ९ गते मध्यन्न १२ बजे देखि २ बजे सम्म २ घण्टा चक्का जाम गर्दै छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend