साझा नेटवर्क
प्रेम सुनार, गुल्मी पुष ६।
५ नम्वर प्रदेशका तराईका जिल्लाबाट पाहडी जिल्ला टुक्राउन पाईदैन भन्दै सुरु गरिएको यतिका दिन सम्म पनि मौन रहेकी गुल्मी क्षेत्र नम्वर १ की सांसद तथा वाणिज्य राज्य मन्त्री सुवर्ण ज्यारचन (कान्छी दिदी)ले आज भने मुख खोलेकि छिन् ।
गृहमन्त्री सहितको टोली संग गुल्मीका कांग्रेस नेता चन्द्र केसीको पितृ शोकमा समावेदना प्रकट गर्न आएकी राज्यमन्त्री कान्छी दिदीले ५नम्वर प्रदेशबाट पाहडी जिल्ला नछुटाउने वलियो हात गृहमन्त्री विमलेन्द्र निधीकै भएको ठोकुवा गरिन् । भनिन्– गृहमन्त्री ज्यु, यस प्रदेशलाई टुक्राउन हुँदैन र नटुक्राउनमा मुख्य हात तपाईको छ, के कसरी हुन्छ यता नेपाल र उता भारत दुवैलाई मिलाएर लैजानुस् ।
उनको उक्त अभिव्यक्तिले केहिवेर हाँसो उठ्यो शोक व्यक्त गर्नु पर्ने स्थानमा । प्रधान मन्त्री प्रचण्डले पेलेरै लैजान्छु भन्ने अभिव्यक्तिलाई उनले व्याङ्ग गदै भनिन्–‘ के मा पेल्ने ? तोरी पेल्ने कोलमा कि वा अरु केहिमा ? आफुहरुलाई मन्त्रीहरुले सरकारको कुर्चिमा लगेको र सरकारकै विरुद्ध वोल्न नमिल्ने भएकोले हाल सम्म मौन वस्न परेको बाध्यता उनले सुनाईन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend