साझा नेटवर्क
बिमल खड्का, बुर्तिबाङ पुस ६ ।
बाग्लुङको खुंगा गाउँबिकास समितिबाट बुर्तिबाङ आउदै गर्दा बाटोमा रोकी राखेको ट्याक्टरको ठक्करबाट एक बृद्धा गम्भिर घाईते हुनुभएको छ ।
खुंगा वडा नं.७ घर भई बिहान बुर्तिबाङ तिर आउदै गर्दा बुर्तिबाङको वडा नं. १ खाराखेतमा ओरालो बाटो रोकी राखेकी राखेको ना ३ त ४९३६ नम्बरको ट्याक्टर ओरालोमा गुडे पछि ७४ बर्षीय बृद्धा दिल कुमारी अर्गेजा घाईते हुनुभएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
उहाँको खुट्टामा चोट लागेकाले बुर्तिबाङ स्वास्थ्य चौकीमा उपचार भईरहेको र थप उपचारका लागी हेलीकप्टरबाट काठमाण्डौ पठाईन लागेको बताएको छ । ट्याक्टर ओरालोमा रोकी राखेको बेला उहाँ अगाडी हिदै गर्दा उहाँलाई अचानक टयाक्टर गुड्दा घाईते भएको प्रहरीले बताएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend