logo
  • शनिबार, असोज १० २०८३

बागलुङमा सुअहारा कार्यक्रम अन्तरगत अन्तरक्रिया सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का, बाग्लुङ पुस ५ ।
जिल्लाको अधिकारीचौर गाउँ विकास समितिमा सुअहारा कार्यक्रम अन्तरगत एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल गाजा डेभलभमेनट फाउन्डेशनको आयोजनामा अधिकारीचौर गाउँ विकास समितिका विभिन्न सरोकारवाला निकायका प्रतिनिधिबीच उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

अधिकारीचौर गाउँ विकास समितिका सचिव एवं अध्यक्ष कमल प्रसाद कँडेलको अध्यक्षता रहेको कार्यक्रममा स्थानीय सरोकारवाला प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। सुअहारा कार्यक्रम अन्तरगत १ हजार दिनका आमा तथा वालवालिकाको स्वास्थ्य सुधार तथा पोषणमा आधारित विभिन्न कार्यक्रमहरु जिल्लाभर सञ्चालन गर्ने योजना अनुसार अधिकारचिौर गाउँ विकास समितिमा पनि यसखालको कार्यक्रम सञ्चलन गरिने भएपछि दोस्रो चरणको कार्यक्रमका लागि उक्त अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम गरिएको बताइएको छ ।

कर्यक्रममा, सुअहारा कार्यक्रमका सहजकर्ता खगेन्द्रमान पुनले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख ललितकुमार यादव, शिवालय माध्यमिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र छन्त्याल, कृषि प्राविधिक महेन्द्र अधिकारी, ग्रामीण विकास मञ्चका अध्यक्ष उमेशकुमार बुढा, स्थानीय समाजसेवी शुनिलकुमार घर्ति मगर, गाउँ विकास समितिका सामाजिक परिचालक गामती घर्ति, महिला स्वास्थ्य स्वयंसेवीका पुर्णमायाँ अदै, स्वास्थ्यकर्मी हरिमायाँ थापा, यसोदा सोमयी तथा गाजा डेवलभमेन्ट फाउन्डेशनका फिल्ड सहायक, दुर्गा नेपाली लगाएतको उपस्थिति रहेको त्यहाँबाट सहकर्मी प्रशान्त घर्तिमगरले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend