साझा नेटवर्क
बिमल खड्का, बाग्लुङ पुस ५ ।
बागलुङको दर्लिङ गाउँ विकास समितिको २५औं गाउँ परिषद आज सम्पन्न भएको छ । सोमबार गठन गरिएको एकीकृत योजना तर्जुमा समितिले गाविसका विभिन्न वडाहरुबाट प्राथमिकीकरण भइ आएको योजनाका आधारमा वजेट वाँडफाँड गरेको गाविस सचिव तारानाथ शर्माले बताउनुभएको छ ।
गाउँ विकास समितिका अध्यक्ष एवं सचिव शर्माको अध्यक्षता रहेको गाउँ परिषदको बैठकमा स्थानीय राजनैति दलका प्रतिनिधि, दलित, महिला, जनजाति, वालवालिका तथा अपांगताभएका नागरिकहरुका प्रतिनिधिको उपस्थिति रहेको थियो । यस आर्थिक वर्षका लागि गाउँ विकास समितिको कुल वजेट ५७ लाख ५० हजारलाई आज हुने परिषद बैठकले विनियोजन गरेको छ । जस अन्तरगत चालु तर्फ ५ लाख र पूजीगत तर्फ ५२ लाख ५० हजार वजेट वाँडफाँड गरिएको छ ।
परिषदले गरेको निर्णय अनुसार लक्षित वर्ग तथा समुदाय तर्फ महिलाको लागी ५ लाख २५ हजार, बालबालिकाको लागी ५ लाख २५ हजार, दलित जनजाति र अपांगता भएकाहरुका लागी ७ लाख ८७ हजार ५ सय, कृषिका लागी ७ लाख ८७ हजार ५ सय, समपुरक कोषका लागी २ लाख, बाटो मर्मत संभारका लागी २÷२ लाख, सरसफाइको लागी ३० हजार, सार्वजनिक सुनुवाईका लागी २० हजार, छिपछिपे बाँस पाटा शिद्ध मावि मोटरबाटो सरसफाईका लागी ३ लाख २५ हजार, अपाङ्गको लागी ४० हजार, स्वास्थ्य चौकीको भवन निर्माणका लागी २ लाख, सालदह गृहका लागी ५० हजार, भेट्नरीका लागी १ लाख, बालबिकाश केन्द्रका लागी १ लाख २० हजार, बाल क्लवका लागी ३० हजार, दर्लिङ माविको लागी १ लाख, भानु आधारभुत विद्यालयका लागी ८५ हजार, स्वयंसेविकाको मेडिक सेवाका लागी ३० हजार, सिर्जनशिल प्रविको लागी ७० हजार, देउराली प्रविको लागी ६५ हजार, चिसो पानी प्राविको लागी ४० हजार, विद्या प्रकास बाल विकाश केन्द्रका लागी १० हजार र गाँव बालविकाश केन्द्रका लागी ५ हजार रकम विनियोजन गरिएको छ ।
तयारी वैठकमा नेपाली काँग्रेसका भरतबहादुर केसी, नेकपा एमालेका कृष्ण केसी, माओवादी केनद्रका झनबहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका धनबहादुर सुनार, संघस्य समाजवादी पार्टी फेरमका गुमानसिंह बुढा, माओवादी क्रान्तिकारीका मनीराम विक, पूर्व गाविस अध्यक्ष राम प्रसाद भट्टराई, वडा नागरिक मञ्चका तर्फबाट रामबहादुर केसी, दलित प्रतिनिधि ईश्वरमान विक महिला स्वयंसेविकाका तर्फबाट तुल्सी बुढा तथा अपांगता भएकाहरुका प्रतिनिधि दलबहादुर छन्त्यालले आ आफ्ना धारणा राख्नुभएको थियो ।
गाविसका सामाजिक परिचालक रमेश बुढाथोकीको सञ्चालनमा परिषद सम्पन्न भएको बताइएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend