logo
  • शनिबार, साउन ९ २०८३

दुई छोरा हत्या गर्ने सौतनी आमालाई सर्वश्व सहित जन्मकैद


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

टोपलाल अर्याल, गुल्मी पुस ५ ।
सौतेनी दुई छोरालाई हत्या गर्ने गुल्मी हाडहाडेकी –९ की शान्ता पुनलाई जिल्ला अदालत गुल्मीले पुस ५ गते सर्वश्व सहित जन्म कैदको फैसला गरेको छ । पुनलाई जिल्ला न्यायधिश मातृका प्रसाद मरासिनीको इजलासले सर्वश्व सहित जन्म कैदको फैसला सुनाएको हो ।

अदालतको फैसला संगै उनी जेल चलान भएकी छन् । उनले २०७२ माघ ६ गते ७ वर्षिय विवेक पुनलाई खानामा बिष खुवाएर र ५ वर्षिय बिक्रमलाई घाटी थिचेर हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला न्यायधि बक्ता कैलाश केशीले जानकारी दिए ।

अनुसन्धानमा ज्यान सम्बन्धी महलको १३ (२) र (३) अनुसारको कसुर गरेको ठहर हुन आएकाले सर्वश्व सहित जन्मकैद फैसला भएको केशीले बताए । मुलुकी ऐनको १३ (२)मा हत्या गर्ने योजनाले बिष वा बिषालु पदार्थ खुवाएमा र १३ (३) अनुसार हत्या गर्ने उद्देश्यले साना हतियार प्रयोग गरेको वा थिचेको वा दवाएको पाईएमा सर्वश्व सहित जन्म कैद हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend