साझा नेटवर्क
दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची पुष ५ ।
नेकपा एमालेको भातृ सङठन युवा संघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको योजनाबद्द कायरतापुर्ण निर्मम हत्याको बिरुद्द अर्घाखाँचीमा पनि युबा संघ भगवती, छत्रगन्ज, केरुङा, अर्घातोषको सम्युक्त कार्यक्रम बनाइ अर्घाखाँचीको केरुङा रिठारुख देखि छत्रगन्ज,अर्घातोश हुँदै गुल्मीको सिमाना नेटा बजारसम्म मोटर्साइकल युवाहरुले र्याली सहित बिधालय, यातायातका साधन, व्यापार ब्याबसाय ठप्प पारी आम हड्ताललाई समर्थन जनाएका छ्न ।
उक्त र्याली पुन फिर्ता तारुभतेरामा पुगि कोणसभामा परिणत भयको बताइयेको छ। उक्त सभा भगवती गाउकमिटी सदस्य कृष्ण श्रेष्ठको उदघोषण तथा युबा संघ भगवतीका अध्यक्ष टिन बहादुर प्रधानको अध्यक्षतामा भएको थियो । त्यसैगरी अतिथी मा राष्ट्रिय जनमोर्चा भगवतीका पार्टी प्रतिनिधि क. पुर्णकुमार श्रेष्ठ, नेकपा एमाले भगवती गाउ कमिटी अध्यक्ष हरिलाल पान्डे, नेकपा एमाले छत्रगन्ज गाउ कमिटी अध्यक्ष श्याम बिक, युबा संघ जिल्ला कमिटी सदस्य तथा भगवती गाउ कमिटी सचिब शोभाखर पान्डे, युवा संघ जिल्ला कमिटी सदस्य घनश्याम पान्डे तथा नेकपा एमाले दलित मुक्ती मोर्चाका सदस्य राम बहादुर सुनार लगायतले आफ्नो मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा दुर्गा तिबारी प्रती हार्दिक श्रधान्जलि अर्पण गर्दै उक्त निन्दनिय कार्यको घोर भर्त्सना गर्दै छानबिन गरि हत्यारालाई यथासिघ्र कानुनी दायरामा ल्याइ कारबाहीको जोडदार माग गरिनुका साथै राष्ट्रघाती संविधान संशोधन फिर्ता नलिएसम्म हामी लुम्बिनी बासी जनता जस्तो सुकै आन्दोलनमा होमिन तयार रहेको आबाजलाई बुलन्ध पारियको थियो ।
कायक्रममा एउटा युवा संघको होनाहार युवा नेता, राष्ट्र र राष्ट्रियताको पक्षमा तथा अखन्ड लुम्बिनीको आन्दोलनको अग्रमोर्चामा होमिनु भयका तिवारीको हत्याले युवा संघ र सिङ्गो लुम्बिनीलाई अतुलनीय क्षती तथा दुख परेको र यो शोकलाई शक्तिमा बदल्दै कति पनि बिचल्लित नभइ अगाडीको आन्दोलन अझ ससक्त ढङगले अगाडि बढाइने प्रतिबद्धता गर्दै टिन बहादुर प्रधानले कार्यक्रमको समापन गर्नु भएको कृष्ण श्रेष्ठले जानकारी दिनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend