साझा नेटवर्क
विमल खड्का, बाग्लुङ पुष ४।
बाग्लुङ जिल्लाको खुँगा गाउँ विकास समिति वडा नंं १ र २ का युवाहरु यतिखेर सामाजिक गतिविधिमा सक्रिय हुँदै आएका छन् । प्राय गाउँका युवा वर्ग विदेश तथा शहरी क्षेत्रतर्फ विस्थापित हुँदा ग्रामीण क्षेत्रमा हुने सामाजिक गतिविधिहरु निश्कृय भएको अवस्थामा त्यहाँका युवाहरु भने आफ्नो ठाउँ आफै बनाउँ भन्दै सामाजिक गतिविधिमा आफूहरुलाई सक्रिय बनाएको बताएका छन् ।
गत कार्तिक महिनामा समाज सुधार युवा क्लवको नाममा संगठित भएका त्यहाँका युवाहरु आफ्नो गाउँ तथा टोट टोलमा सरसफाई अभियानबाट पहिलो सामाजिक कार्य थलानी गरेको क्लवका उपाध्यक्ष अमरसिंह घर्तिले बताउनुभयो । क्लवले वडा नं. १ र २ का विभिन्न टोलमा रहेका घर वस्तिमा व्यानर सहित हातमा व्यानर सहित गाउँ टोल सफा राखौं, सरसफाई अभियानमा आतेमालो गरौं भन्दै पुगे ।
राम्रो कामका लागि स्थानीय स्तरबाट समेत साम्रो सहयोग पाएपछि आज एक महिनापछि पुन अनुगमन गर्दा उत्कृष्ठ सरसफाई गर्नेलाई पुरस्कृत समेत गरेको स्वास्थ्य तथा सरसफाई विभागकी संयोजक हुमकुमारी घर्तिले बताउनुभयो । क्लवले आज सरसफाई अभियानमा उत्कृष्ठ ठहरिएका ४ जनालाई सरसफाई कार्यमै काम लाग्ने उपहार दिएर सम्मान गरेको छ ।
सरसफाई अभियानमा खुँगा २ सिनिका बस्ने चित्रकुमारी घर्ति पूथम हुनुभएको छ, खुँगा २ देउराली डाँडाका नरबहादुर घर्ति द्धितिय हुनुभएको छ भने खुँगा १ कि खीमकुमारी विक तृतिय तथा खुँगा २ कै पूर्ण कुमारी घर्ति सान्त्वना हुनुभएको छ । उहाँहरुलाई वाल्टी, डष्टवीन र फोहोर उठाउने सामाग्री उपहार प्रदान गरिएको क्लवका उपाध्यक्ष अमरसिंह घर्तिले बताउनुभएको छ ।
क्लवले गाउँको विकासका लागि सामाजिक गतिविधि अघि बढाउन स्थानीय बुद्धिजीवी समाजसेवीहरुसँग समेत समन्वय गर्दै आएको र स्थानीय स्तरमा पहिलोपटक यो उदाहरणीय काम गरेको स्थानीय समाजसेवी गणेश कुमार थापाले बताउनुभएको छ ।
क्लवले सरसफाई अभियानसँगै गाउँमा जुवा तास तथा जाँड रक्सी नियन्त्रणमा समेत आफ्नो भुमिकालाई सत्रिय बनाएकोले अहिले त्यस स्थानमा जुवा तास, मध्यपान लगायतका गतिविधिहरु बन्द भएको थापाले बताउनुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend