logo
  • आइतबार, असोज ११ २०८३

सापकोटा समाजले गर्यो गुल्मीको वामीमा सडक मर्मत


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिश शर्मा गैरे, गुल्मी पुष ३।
बर्षाको समयमा हिलाम्य अनि हिउँदको समयमा धुलोका कारण समस्या ग्रस्त वामीको सडकलाइ सापकोटा समाज वामीले सरसफाइ तथा मर्मत गरेको छ । सापकोटा समाज वामीको पहलमा वामी ९ झेदी स्थित मोटरबाटो सफा तथा मर्मत गरेको हो ।

gulmi-roadसमाजले सडक मर्मत सँगै त्याहा बग्ने पानी तथा ढल निकासका लागि कुलो समेत निर्माण गरेको छ । डोजर प्रयोग गरेको भए करिब ५० देखी ८० हजार सम्म खर्च हुन सक्नेमा करिब ५० जना भन्दा बढीको जनश्रमदानबाट उक्त सामाजिक काम गरिएको हो । उक्त सामाजिक कामको सबैले प्रशँसा गरेका छन ।

वामी तथा आसपासका क्षेत्रहरुलाइ सरसफाइ युक्त बनाउनुपर्छ भन्दै अभियान शुरु गर्नुभएका र सापकोटा समाजका पुर्व अध्यक्ष समेत रहनुभएको हरि प्रसाद सापकोटाले मानिसहरुमा सामाजिक भावना जगाउन र समाज सेवाको धारण बिकासको लागि यस्तो अभियान थालीएको बताए । बिकास आफैबाट शुरु गर्नूपर्छ भन्ने अभियानलाइ आत्मसाथ गर्दे यस्तो अभियान शुरु गरिएको उनको भनाइ छ ।

‘जव मानिसको घरमा श्रीमती सुत्केरी हुने समय आउँछ अनि एम्बुलेन्सबाट यात्रा शुरु गर्नुपर्छ तव मात्र सडकको अवस्था प्रति चिन्ता लाग्छ’ उनले भने ‘यस्तो समस्यामा मात्र सडकको अवस्था सम्झने अवस्था सिर्जना नहोस भन्नका लागि हामी यो अभियानमा लागेका हौ । उनले अत्याबश्यक समयमा मात्र सडकको मर्मतको लागि कुरा गर्ने बानी हटाइ पहिल्यै सजकता अपनाउने गरी यस्तो काम गरिएको बताए ।

सडक मर्मत भएपछि बर्षा तथा हिउँदको समयमा समस्या ग्रस्त सडकबाट मासिनहरुले सहजता प्राप्त गरेका छन । ग्रामिण क्षेत्रकै अति ब्यस्त सडक भनि रिडी रुद्रबेणी वामीटक्सार सडकखण्ड अन्तर्गत सोही क्षेत्रमा भएको मर्मत सम्भारले बुटवल देखी बुर्तिबाङ लगायतका क्षेत्रमा पुग्ने यात्रु तथा गाडी चालकहरु पनि उक्त कामबाट लाभान्वित भएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend