logo
  • शनिबार, असोज १० २०८३

शुनकोसीमा जिप खस्यो, ६ को मृत्यु, दुइ घाइते


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौ, पुष ३ ।
शुनकोसी नदीमा स्कार्पियो जीप खस्दा ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट खोटाङको हलेसी जाँदै गरेको बा १२ च ८८ ९७ नम्बरको स्कार्पियो जीप सिन्धुलीको रत्नावती-३, सुखुखोला नजिक मध्य पहाडी राजमार्गबाट सुनकोसी नदीमा खस्दा ६ जनाको मृत्यु भएको हो ।

दुई जना गम्भीर भएका र एक जना हराइरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई गम्भीर घाइते महिलालाई उपचारका लागि उदयपुरको घुर्मीमा लगिएको छ ।

प्रहरीका अनुसार जीप अनियन्त्रित भइ दिउँसो २:३० मा नदीमा खसेको थियो । जीपमा नौ जना सवार रहेको अनुमान गरिएको छ । अहिले उद्धार कार्य चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend