साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी पुस २।
मुसिकोट ४ का २१ बर्षिय मित्रलाल कामीलाई जिल्ला अदालत गुल्मीले सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको छ । उनलाई कर्तव्य ज्यानमा सर्वस्व सहित जन्मकैद र जवरजस्ती करणी उद्योगमा तीन बर्ष कैद सजायँ फैसला गरेको हो ।
उनले सोहि स्थानकी ७५ बर्षिय कौशिल्या थापालाई ०७३ बैशाख २३ गते जवरजस्ती करणी उद्योग गरि हत्या गरेका थिए । उनलाई जिल्ला न्यायधिस मातृका प्रसाद मरासिनीले ज्यान सम्बन्धि महल १३ (३) बमोजिम सर्वस्व सहित जन्मकैद र जवरजस्ती करणी उद्योगको महल ३ को ५ (५) बमोजिम तीन बर्ष जेल सजायँ तोकेको जिल्ला न्याधिवक्ता कैलाश केशीले बताउनुभयो ।
४५ बर्षिय छोरा श्रीकृष्ण थापाले बैशाख २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेपछि प्रहरीले कामीलाई सोहि दिन गिरफतार गरेको थियो । शवको बैशाख २४ गते जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टम गरि सदगत गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend