logo
  • शनिबार, असोज १० २०८३

विरोध सभाकै विचमा वार्षिकोत्सव (फोटो फिचर)


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी पुष १।
आज आम हड्तालको पहिलो दिन गुल्मीको दोहलीमा विरोधका लागि टोल टोलमा जम्मा हुँदै थिए । वन्द अवज्ञा गर्नेहरु विरुद्ध युवा तथा स्कुले भाई वहिनीहरु निगरानी गर्दै थिए । त्यस विचमा रामराज्य उच्च माध्यामिक विद्यालयको ५१ औं वर्षिकोत्सवको औपचारिकता पनि पुरा गराउन थालियो ।
dsc05277आन्दोन अभिभावक, शिक्षक , विद्याथी, र सवै राजनैतिक दलका कार्यकर्ता जम्मा भएर आन्दोलनरत जिल्लाका नेताहरुलाई सोधेर वार्षिकोत्सवको पनि आयोजना गरियो योे आज विहान ९ वजेको कुरा थियो । उता सदरमुकाम तम्घासमो झडप हुने सम्भावनाको खवर पाउन साथ एक दमै छोटो समयमा कार्यक्रमको समापन गरियो । सायद एक घण्टा भित्रमा वर्षिकोत्सव समारोह समापन भएको जिल्लामा यो पहिलो विद्यालय होला ।

आन्दोलनकारीका नेताहरु संग अनुमति लिएको प्रार्चय गुणाखर अर्यालले बताए । भने–‘ हामी पनि आन्दोलनमै छौं,तर पुर्व निर्धारण कार्यक्रम भएकोले अनुमति लिएर छोटो समयमै कार्यक्रम सक्दैछौं, हामी पनि आन्दोलनरत नै भएकोले यो हाम्रो बाध्यता हो ।  वर्षिकोत्सव समारोहमा प्रचार्य अर्यालले १ करोड ४० लाख ५३ हजार वरावरको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्यस विद्यालयको आर्थिक अवस्था निकै दयानिय रहेको र भौतिक पुर्वधार पनि अभावै अभावमा गुज्रेको गुनासो गरे ।

विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष चन्द्रबहादुर महतले पनि भौतिक पुर्वधार निमार्ण र फर्निचर व्यवस्थापनका लागि पहल भई रहेको बताए । वार्षिकोत्सव अवसरमा उत्कृष्ट हुने जेहन्दार विद्यार्थीहरुलाई नैनाकला विष्ट स्मृति पुरष्कार, भिमबहादुर बिष्ट स्मृति पुरस्कार, नारायणप्रसाद घिमिरे र विन्दु दर्लामी स्मृति पुरस्कारले पुरस्कृत गरिएको थियो । त्यस्तै विद्यालयको सर्वोत्कृष्ट विद्यार्थी विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

प्रवेशिका परिक्षामा छात्र तर्फ उत्कृष्ट नतिजा लिई उतिर्ण हुने देवेन्द्र दर्लामी, छात्रा तर्फ वविता खड्कालाई पुरस्कृत गरिएको थियो । कक्षा ११ मा छात्र तर्फ जवान थापा, छात्रा दुर्गा थापा । कक्षा १२ मा छात्रज्ञ डम्वर वस्नेत, छात्रा तर्फ निर्मला वस्नेतलाई सवोत्कृक्ष् पुरस्कार वितरण गरिएको थियो । वार्षिकोत्सव समारोहका त्यस विद्यालयका विद्यार्थीहरुले आकर्षक गीत नृत्य प्रस्तुत गरेर समारोहलाई मनोरञ्जनमय पारेको थिए ।

कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट पार्टी सभापति मनबहादुर दर्लामी, नेकपा एमालेबाट अध्यक्ष विष्णु सुनार, व्यवस्थापन समितिका निर्वतमान सदस्य तथा नेकपा माओवादी केन्द्र दोहलीका अध्यक्ष समेत रहेका कृष्णप्रसाद रिजाल लगायतले मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा सवै दलका नेता र शिक्षकहरु सवैले विद्यालयको भन्दा बढि ५ नम्वर प्रदेशको विषयमा चिन्ता चासो र राज्य प्रतिको सरकार प्रतिको आक्रोष व्यक्त गरेक थिए ।

त्यसैले पनि हेर्दा वार्षिकोत्सव सुन्दा विरोध सभा जस्तै बनेको थियो । अतिरिक्त कृयाकलाप अन्तर्गत विद्यालयमा कृयाशिल सदन मध्ये गौरीशंकर सदनलाई उत्कृष्ट ट्रफी प्रदान गरिएको थियो ।विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष चन्द्रबहादुर महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रचार्य जगतबहादुर खड्काको स्वागत मन्तव्य र शिक्षक माधवप्रसाद अर्यालको सञ्चालन रहेको थियो ।

वार्षिकोत्सव समारोहका केहि झलकहरु हेरौ
dsc05277

dsc05295

dsc05296

dsc05297

dsc05302

dsc05306

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend