साझा नेटवर्क
मुक्ति बाबु, टोकियो मंसिर २९ ।
जापानबाट नेपाल फर्किने क्रममा एक नेपाली महिलाको बाटैमा निधन भएको छ। जापानमा सपरिवार बस्दै आएकी चितवन जिल्लाकी स्थायी बासिन्दा ४२ बर्षीया मथुरादेवी भण्डारीको बाटैमा निधन भएको हो।
उनका श्रीमान इन्द्र भण्डारीले दिएको जानकारीअनुसार विमान उड्न ढिलाइ (डिले) भएपछि उनी पुनः टोकियो फर्किदै थिइन्।फर्किदै गर्दा बाटैमा उनको निधन भएको थियो। उनको पोष्टमार्टम भोलि केवो हस्पिटलमा गरिने ताकानाजा प्रहरी चौकीले जनाएको छ।
पारिवारिक स्रोतका अनुसार मृतक भण्डारीलाई करिब ६ महिनाअघि फोक्सोको क्यान्सर भएको पत्ता लागेको थियो। जापानमा उपचाररत भएपनि उनले नेपालमै बसेर उपचार गर्ने इच्छासहित स्वदेश फर्किँदै थिइन्।
कुक भिषामा करिव ८ वर्षअघि मृतकका श्रीमान् इन्द्र भण्डारी जापान आएका हुन्। उनले श्रीमतिको शव शदगतको लागि आवश्यक सहयोग गरिदिन जापान बासी नेपाली समक्ष अनुरोध गरेका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend