साझा नेटवर्क
महेश बोहरा, बुटवल मंसीर २८।
टिपरको ठक्करबाट बुटवलमा आज एक जनाको ज्यान गएको छ । पश्चिमबाट बुटवल योगीकुटी आउदै गरेको लु १ ख ९२९१ नम्बरको ट्पिरले बिपरीत् दिशा तर्फ जाादै गरेको लु १७ प ५२०६ नम्बरको स्कुटीलाई नेपालगञ्जरोडमा ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट गम्भीर घाईते भएकी स्याङजा चौतारा घर भई बुटवल बस्ने रमा पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । टिपर चालक प्रहरी नियन्त्रमा रहेको बताईएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend