साझा नेटवर्क
तिलु शर्मा पौडेल, कतार।
लोक दोहोरी गीतको क्षेत्रमा अत्यन्तै चर्चित नाम हो “मिलन लामा” । त्यस्तै चर्चाको शिखर चढ्दै गरेकी गायीका हुन भुमिका गीरी । हजारौंको संख्यामा गीत उत्पादन हुने बजारमा मिलन लामाको थोरै मात्र गीतहरु आउछन । गीतको मामलामा एकदम चुजी रहेका गायक मिलन लामा र सुमधुर आवाजकी धनी नयाँ पुष्ताकी लोकप्रिय गायीका भुमीका गीरीको आवाजमा नयाँ गीत बजारमा आएको छ ।
मिलन लामाका सृजनाहरु प्राय कालजयी हुन्छन । यसपटकको भाका झन देशभक्ति पुर्ण रहेकोले आफु थप आशावादी रहेको कुरा गायक लामाले वताए । केही दिन अगाडी द्विअर्थी दोहोरी गाएको भन्दै निकै गाली गरिरहेका दर्शक श्रोता एवं आलोचना गर्ने अग्रज हरुलाई समेत चुनौती दिदै सामाजीक संजाल फेसबुकमा द्विअर्थी गीतको सुरुवातकर्ताहरुलाई गंभीर प्रश्न एवं चुनौति पेश गरेकी गायीका भुमिका गीरी नयाँ पुस्ताकी आशालाग्दी गायीका हुन ।
प्रत्यक्ष दोहोरी गायनमा अत्यन्तै दक्ष भुमीका नृत्यमा पनि उत्तीकै पोख्त छीन । स्टेज प्रोग्राममा आफ्नो प्रस्तुतीले दर्शकलाई लठ्याउने खुवी भएकी गायीका गीरी नयाँ पुष्ताकी ब्यस्त गायीका हुन । यो देशभक्ती र मनोरन्जनात्मक दुबैखाले स्वाद रहेको गीत प्रति आफु निकै नै आशावादी रहेको कुरा गायीका गीरी ले बताईन । खास गरी चर्चित गायक आदरणीय ब्यक्तित्व मिलन लामा संगको सहकार्य नै ठुलो उपलब्धी हो भन्दै आफ्नो गीत संदेश मुलक रहेको कुरा पनि गायीका भुमीका ले बताईन ।
नयाँ र फरक स्वादको मौलिक लोक दोहोरी गीत “आयो नेपाली” का शब्द संयोजक मिलन लामा हुन भने गीतमा लय पनि मिलन लामा स्वयं कै रहेको छ । गीतको भिडीयो निर्देशन लोकप्रिय निर्देशक टेक लामाले गरेका छन भने सिनेम्याटोग्राफी राजेश घिमीरेको रहेको छ । अभिनयमा गायक मिलन लामा आफै र चर्चित मोडल रश्मी तामाङले गरेका छन । आशीष म्युजीकबाट बजार ब्यबस्थापन गरिएको गीतको भिडीयो म्युजीक नेपालको युट्युव च्यानलबाट डिजीटल बजारमा पठाईएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend