साझा नेटवर्क
कतार, मङ्सिर २८ ।
दलित एकता संजाल कतारले बिगत केही समय देखि प्रबासी भुमी कतारमा कार्यरत जाजरकोटका लक्ष्मण रसाइलीलाई बिदाई गरेको छ । आफ्नो आन्तरिक कामका कारण जन्म भुमि नेपाल फर्कने तयारीमा रहेका रसाइलीलाई संजालले बिदाई गरेको हो ।
छोटो समयमा पनि सन्जालमा आबद्ध रसाइलीले जन्म भुमी नेपाल फर्किएर पनि आफ्नो दलित हक हित र दलित आन्दोलनमा अहम भुमिका निर्वाह गर्नेमा संजाल कतारका अध्यक्ष श्याम नेपाली आशावादी रहेको कुरा ब्यक्त गरे । अब दलित आन्दोलनलाई अन्तिम विन्दुमा पुर्याउन हरेक कठिन भन्दा कठिन परिस्थितिका बिच संघर्ष गर्नु पर्ने बेला आएको छ ।
हरेक दलित समुदायमा एकता र सहकार्यको मुल निति हरेक गाउँ र बस्तिमा पुर्याउनु निर्देश दिदै सिंगो दलित एकता संजाल आफ्नो साथ रहने साथ रहेन रसाइली प्रतिबद्धता ब्यक्त गरे । मध्य तथा सुदुरका विकट जिल्लाका पछाडी परेका दलित समुदायको एकता र उनी हरुको अधिकारको लागि जुटाउनु पर्ने साथको लागि रसाइलीलाई थप जिम्मेवार सहित बिदाइ गरिएको थियो ।
कतारमा छोटो समयको बसाइ मै समाज सेवा देखि विभिन्न गतिविधिमा समेत रसाइली अग्रसर थिए । दलित एकता संजालको मुल नीतिलाई आत्मसात गर्नु भएका र हरेक ठाँउ दलित एकतालाई बलियो बनाउने उदेश्य सहित फर्कन लागेका रसाइलीलाई दलित एकता संजाल राष्ट्र समन्वय समिति कतार का अध्यक्ष श्याम नेपालीले सम्मान पत्र सहित बिदाइ गरेका थिए ।
बिदाइ कार्यक्रममा संजालका महासचिव क्षितिज किरण गैरे, कोशाध्यक्ष किरण परियार, महिला सदस्य रेजिना शिवा लगायत अन्य सदस्यहरुको पनि उपस्तिथि रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend