logo
  • शनिबार, साउन ९ २०८३

भलिबलमा धनकुटा, फूटबलमा लालीगुराँस सेमिफाइनलमा प्रवेश


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

दिल कुमार श्रेष्ठ, कतार ।
आप्रवासी श्रमिक खलाडीहरुलाई मध्यनजर गर्दै चलिरहेको “विन्टर स्पोर्टस च्याम्पियन शिपको धनकुटा सेवा समाज कतार सेमिफाइनलमा प्रवेश गरेको छ । यस च्याम्पियन सिपको लागी कतारमा स्थापित विभिन्न सामाजिक सेवाहरुलाई समावेश गराउदै एनआरएन एनसीसी कतारले संयोजकत्व भूमिका निर्वाह गरेको छ ।
%e0%a4%ad%e0%a4%b2%e0%a4%bf%e0%a4%ac%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a5%81%e0%a4%9f%e0%a4%be-%e0%a4%ab%e0%a5%82%e0%a4%9f%e0%a4%ac%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%b2देशका सस्थागत श्रमिकहरु सम्मिलित गर्दै आयोजना गरिएको यस प्रतियोगिता बर्बा ओर्गनाईजेसन आयोजना गरेको हो । सुरुवातमा खेलाडीहरुको तालमेल नमिल्दा पहिलो सेट २०-२५ मा पुगेको धनकुटालेले दोस्रो २५-२१ र तेस्रो सेटमा १५-१० ले लगातार जितेको थियो । गत शुक्रबार अलखोर स्थित “बर्बा ओर्कर्स रिक्रियशन कम्प्लेक्स” को खेल मैदानमा चलिरहेको खेल नकआउट सिस्टममा खेलाइएको छ ।
%e0%a4%ad%e0%a4%b2%e0%a4%bf%e0%a4%ac%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a5%81%e0%a4%9f%e0%a4%be-%e0%a4%ab%e0%a5%82%e0%a4%9f%e0%a4%ac%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%b2त्यस्तै एनआरएन एनसिसिको नै प्रतिनिधित्व गरेको पर्बत सपोर्ट क्लबले अघिल्लो हप्ता नै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाली समाजहरुको सहयोगमा एनआरएन एनसीसी संयोजकत्व गरेको प्रतियोगितामा नेपाली श्रमिकहरु मात्र होइन कुसल खेलाडी रुपमा प्रतिनिधित्व गरेको संयोजक बिनेश तामांगले जानकारी दिए । प्रतियोगिता कतारको स्पोर्टस डे डिसेम्बर १८ सम्ममा खेलाइने छ ।

प्रतियोगितामा फूटबल र क्रिकेट तर्फ प्रथम हुनेलाई पाँच हजार रियल र भलिवल र बास्केटबलमा प्रथम हुनेलाई तिन हजार रियल पुरस्कारको राशी समेत प्रदान गरिने छ । त्यसैगरी एनआरएन एनसीसीले नै संयोजक गरेको फूटबल तर्फ लालीगुराँस फूटबल टिमले मिट गल्फ कम्पनीको टिमलाई पेनाल्टी सुट आउटमा ४-३ गोलको अन्तरले पराजित गरेको थियो ।

जसमा लालीगुराँसको तर्फबाट मन कुमार, बिमल गुरुङ, झमक गुरुङ, खेम गुरुङले हानेको बलले पोस्टको दिसा लिएको थियो भने बिपिनको प्राहर गल्फका किपिरले रोकेका थिए ।मिट गुल्फ़का खेलाडीले हानेको ३ प्राहर गोलमा परिणत भएको थियो भने एउटा आकासियो भने अर्को पोलमा ठोकिएर फर्केको थियो । जो जितसंगै फुटबल तर्फ लाली गुराँसले पनि सेमिफाइनल यात्रा तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend