logo
  • शुक्रबार, असोज ९ २०८३

फुर्के डाँडाको एक चोकमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

anis

अनिश शर्मा गैरे ।

फुर्केडाँडाको एक चोकमा राँको बलिरहेछ ।
हाम्रो माग पूरा गर आवाज चलिरहेछ ।

उ हेर
एक मान्छे सरासर गयो ।
त्यो फटाहा हामीलाई बेवास्ता गरिरहेछ
फोर्दे फोर्दे कम्पारो सालेको नभन्दै,
एक बर्षन्छ तीर बनी त्यो, झ्वाम्म फुट्छ, आगो बल्छ ।

अर्को भन्छ,
हाम्रो माग पुरा गर, महिनौ सम्म लड्छौ हामी
आवाज चलिरहेछ ।
२५ औँ कष्टको खुड्किलोको दिन थियो ।
अरे बाबा !
अब त प्राणपखेरु पनि उड्ने बेला आयो !
अर्को चिच्याउँछ,
जनताका लागि लड्दै छौ हामी
आइज तँ पनि
बिरोध आउँछ, हात बर्षन्छ, लात बर्षन्छ !
रगत बहन्छ

अर्को चिच्याउँछ,
महिनौ सम्म लड्छौ हामी’
आवाज चलिरहेछ ।
बुद्धको देशमा बुद्धि हराएका चेलाहरु
आयातित मागमा पैसाका ठेलाहरु
हरे ! देश कता गयो ?
हँ, यहि त छ नि ! देख्दैनस ?
उ बुझपचाउँछ ।

हिजो मात्र सुनेथे
देश बेचिन लाग्यो रे, थुप्रोको लोभमा
दाग लागेको सेतो कपडा झैँ
दाग लागेको नेतृत्व,
बनाइरहेछन आफुलाइ, चुसेर, उपिया जस्तै
मोटाइरहेछ, मासु चुँडेर अरुको, भाग खोसेर अरुको ।
अनि रोइरहेछन जनता,
चिच्याइरहेछ धरती, रगत आशुँमा डुब्दै,
त्यही मारको हुलमा ।

’हाम्रो माग पूरा गर’
आवाज चलिरहेछ ।
कल्ले बनायो बाध्य ?
कल्ले खान लाग्यो देश ?
देश, उनिहरुको पेवा होइन,
अहँ हुँदै होइन ।
सबैको माया चाहिन्छ जोगिनलाइ,
प्रेम चाहिन्छ बचाउनलाइ
नत्र भने

सधै यस्तै हुन्छ गञ्जागोल राँको बलिरहेछ,
’हाम्रो माग पूरा गर’ आवाज चलिरहेछ ।

 

 

अनिश शर्मा गैरे, वामी गुल्मी ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend