साझा नेटवर्क
कौरव खत्री, गुल्मी मंसिर २५ ।
गुल्मी वामीमा रहेका रायमाझी कुल देवताको १ सय ८५ औ कुल पुजा वामी वडा नं। ६ दाल्कामा आज विधिवत पुजा आरधना सहित सम्पन्न भएको छ । रायमाझी कुल देवता समिति वामीका अध्यक्ष खिम बहादुर रायमाझीको अध्यक्षता रहेको कुल पुजामा ग्वलोवल आइएमइ बैङ लि।वामी शाखाका प्रवन्धक अम्बु रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो ।
सोही कुल पुजाको अबसरमा विशिष्ट अतिथि रायमाझी कुल देवता केन्द्रिय कार्य समितिका सदस्य फन बहादुर रायमाझीले समाजको विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गनु पर्ने कुरामा जोड दिनु भएको थियो । कुल पुजाकै अबसरमा अर्का अतिथि कुल देवता जिल्ला कार्य समितिका तथ्याङ संयोजक केशर बहादुर रायमाझीले समग्र रायमाझी रायमाझीहरुको इतिहास र समाजमा पु¥याएको योगदानको बारेमा चर्चा गनु भएको थियो ।
कुल देवता समिति वामीकी सदस्य गंगा रायमाझी साथै कुल पुजाको अबसरमा रायमाझी कुल देवताका सल्लाहकार वामी ६ निवासी ९५ बर्षीय भिम बहादुर रायमाझी, सोही वडाका ८३ बर्षीय अर्का सल्लाहकार वृद्ध हर्क बहादुर रायमाझी र वामी ६ कै ८२ बर्षीय वृद्धा कलि रायमाझीलाई दोसल्ला ओडाएर रायमाझी कुल देवता समिति वामीद्धारा सम्मान गरिएको थियो ।
झण्डै १ सय घरधरी रहेको रायमाझी कुल पुजामा काठमाण्डौ,रुपन्देही,नवलपरासी गुल्मी लगायतका विभिन्न स्थानबाट रायमाझी दाजुभाईहरुको सहभागिता रहेको थियो । हालसम्म झण्डै १ सय घरधरी रहेको उक्क्त कुल पुजा रायमाझी कुल देवता समिति वामीका पूर्व अध्यक्ष तारा बहादुर रायमाझीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रायमाझी कुल देवता समिति वामीका सदस्य डिल बहादुर रायमाझी र सुमनविक्रम रायमाझीले गनु भएको थियो ।
यस्तै पौदी अमराइका कौशल्य खप्पडी सुर्यबंशी थापाहरु आज आफ्नो कुल पुजा सम्पन्न गरेका छन । करिब १५ लाख खर्च गरी उनीहरुको कुल पुजा सम्पन्न गरेको समाजसेवी करि बहादुर थापाले जानकारी दिनुभयो । कुलपुजामा काठमाण्डौ, रुपन्देही, कपिलबस्तु, बाग्लुङ लगायतका क्षेत्रहरुबाट दाजुभाइहरुको उपस्थिती रहेको थियो ।
यो उनीहरुको सातौ कुल पुजा हो । पुजामा पुजा आराधना सहित बोका पाठाहरुको बलि दिइएको थियो । पुजाको कार्यक्रम आज सम्पन्न गरिएपनि भोजको कार्यक्रम भोली रहेको छ बताइएको छ । कुलपुजाको अवसरमा पौदीअमराइमा मानीसहरुको चहलपहल रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend