साझा नेटवर्क
अनिल खत्री, गुल्मी मङ्सिर २५ ।
अनिश्चित कालिन बन्दले गुल्मीको जनजिवन कष्टकर बन्दै गएको छ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा ११ दिन देखि अनिश्चित कालिन बन्दले जनजिवन कष्टकर बन्दै गएको छ । बन्दकर्ताले बिहानै देखि बन्दा गराउदै हिड्नाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार,कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् ।
जिल्लाको सदरमुकाम तम्घास सहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सारका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन् । विरोध कार्यक्रममा ‘सिमाङ्ककन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् ।
जिल्लाको आन्दोलनलाई शसक्त बनाउन भन्दै यहि मंसिर २७ गते बृहत सभा गर्ने निर्णय गरेको छ । समितिको सम्पन्न बैठकले गुल्ममी संग सम्बन्धीत सम्पर्कलाई ५ नम्बरका प्रतिनिधित्व गर्ने सभासदको भेला आयोजना गर्न आग्रह गर्ने निर्णय समेत गरेको छ । सभामा गुल्मीका केन्द्रिय नेता तथा सभासदले सम्बोधन गर्ने संयुक्त अन्दोलन समितिले गुल्मीका अध्यक्ष भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend