माननिय धादिङ र गोरखाका सभासद ज्युहरु!
माननीय ज्यु धादिङ जिल्लाको गण्डकी तिरमा जन्मेर आफ्नो जीवन समर्पण गरेको हिसाबले यो पत्र लेख्दै छु । बुढिगन्डकी जल बिधुत आयोजना नेपालकै एक गौरवशाली आयोजना हो । यो यथाशिध्र बन्नु पर्छ र देशलाई काचुली फेराउनु पर्छ, भन्नेमा सायद कसैको दुई मत नहोला ।
बुढि गण्डकीबाट उठिबास लाग्ने सम्पुर्ण जनता पनि यहि चाहन्छन । तर धेरै बर्षपछि प्रक्रियामा गएको आयोजनामा जनता चुस्ने जुन काम सुरु गरिदै छ। त्यसमा पिडीत जनताको घोर आपत्ती छ । हिजोका दिनमा बाडेका सबै पुर्बाधार सहितको बुढि गण्डकी भिलेज बनाएर स्थानान्तरण गरिने कुरा उचित मुअब्जा बितरण गरिने कुरा गाँस बाँस र कपासको उचित ग्यारेन्टी नगरी नउठाउँने वचन प्रतिबद्धता वेगर ५ लाख रोपनी मुअब्जा दिएर घर न घाट्को जो बनाउन खोजिदै छ ।
त्यो कुनै पनि हालतमा बैज्ञानीक संम्बत छैन यसमा हामी पिडित जनताको घोर बिरोध र आपत्ती छ । केही महल वाला साहु महाजन सामाजिक सन्जालमा पिडित जनताको बिरोधलाई बिकास बिरोधीको जुन टयाग लगाउन र २ लाख रोपनीको खेत ५ लाख दिदा पनि किन बिरोध गर्नु भनेर जुन रबाफ फैलाउँदैछन ।
तिनिहरुले किन देखेनन् जिल्लाको हरेक ठाउमा बिकासका पुर्बाधार पुग्दा गण्डकी आस पास कुनै खास विकास सम्रचना निर्माण भएनन् । तसर्थ बुढि गन्डकी पिडित वर्षौदेखि पनि पीडित थिए र आज पनि पीडित भैरहेका छन । माननीय ज्युहरुलाइ म लगायत सम्पुर्ण बुढी गण्डकी पिडितको के आग्रह छ भने पुर्नबास र पुर्नस्थपना ग्यारेन्टी सहित उचित मुअब्जाको प्रक्रिया अगाडि बढाउन माननीय ज्युहरुले पहल कदमी गरियोस । नत्र विकासको सारंगि बजाएर जनता सुकुम्बासी बनाइ राजनितिक धरातलको उथल पुथल सहित पिडित जनतालाइ तालिबनी र बोकोहराम बन्न बाध्य नपारियोस । धन्यबाद !
-जि एस सिलवाल
बुढी गण्डकी पिडित
गण्डकीको किनार
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend