logo
  • शनिबार, असोज १० २०८३

गुल्मीको वामीमा आन्दोलन चर्कियो, भोली बिरोध सभा हुने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिश शर्मा गैरे, गुल्मी मङ्सिर २३।
पाँच नम्बर प्रदेशलाइ टुक्राउने प्रस्ताब सहितको संबिधान संशोधन बिधेयक संसदमा दर्ता भैसके पछि गुल्मी लगायतका प्रदेश नम्बर ५ मा रहेका अन्य जिल्लाहरुमा यतिबेला बिरोध अनि आन्दोलनको आगो दन्किरहेका छन । गुल्मी जिल्लामा आज आन्दोलनको नवौ दिन पनि जारी रह्यो ।

गुल्मीको ब्यापारीक केन्द्र वामी टक्सारमा पनि बिगत तिन दिन देखी बन्द जारी रहेको छ । बजार, कलकारखाना, बैंक तथा बित्तिय संस्थाहरु बन्द छन । र बिद्यालयहरु भने बन्द गरिएको छैन । आजबाट बन्द अझै कडा बनाइएको छ । फाटफुट रुपमा चलिरहेका सवारीका साधानहरु आजबाट ठप्प भएका छन भने बजार बन्द पनि अझै कडा बनाइएको उद्योग बाणिज्य संघ वामीका अध्यक्ष सुदर्शन शाक्यले जानकारी दिनुभयो । उद्योग बाणिज्य संघ वामी, यस क्षेत्रमा क्रियाशिल राजनीतिक दल लगायतको संयोजनमा भइरहेको बिरोधको कार्यक्रम अन्तर्गत भोली शुक्रबार वामीमा बृहत बिरोध सभा गरिने भएको छ ।

यस क्षेत्रका राजनीतिज्ञ तथा आन्दोलनका अभियन्ता प्रकाश काफ्लेका अनुसार भोली ठिक साढे १० बजे बिरोध सभा वामीमा शुरु गरिने छ । उहाँँका अनुसार यो समय बिवाह, चौरासी र कुलपुजाको समय भएको हुनाले बिहान ठिक साढे दश बजे कत्ति पनि घटबट नगरी सबैलाइ उपस्थित हुन आग्रह गरिएको छ । आन्दोलन कार्यक्रम सधै ११÷१२ बजेतिर हुने भन्ने धारणा मानिसहरुमा रहेको भन्दै भोली भने ठिक साढे दश बजे नै कार्यक्रम सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

प्रदेश टुक्राउने प्रस्तावको बिरोधमा वामीमा पनि केही दिन अगाडी नारा बाजी सहित बिरोध सभा सम्पन्न गरिएको थियो । यो जनताको माग र जनताको आन्दोलन भएको हुनाले सबैलाइ आन्दोलनमा सहभागी हुन उद्योग बाणिज्य संघ वामीका अध्यक्ष शाँक्यले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend