logo
  • शनिबार, साउन ९ २०८३

पहिलो दिन नै प्रजिअलाई कार्यालय प्रवेशमा रोक : ५ नं प्रदेश लेखेको बोर्ड झुण्डाइयो


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

टोपलाल अर्याल, गुल्मी मंसिर २३ ।
सरकारले दर्ता गरको संसोधन प्रस्तावको बिरोधमा नवौ दिन पनि बिशाल आमसभा तथा जनप्रर्दशन भैरहेका छन् । नौ दिन पनि जिल्ला बन्द कायमै छ । आन्दोलनकारीले मंसिर २२ गते राति मात्र बाराबाट सरुवा भएर आएका प्रजि कृष्ण प्रसाद ढुङगानालाई कार्यालय प्रशेवमा रोक लगाएकाछन् । img_1567जिल्ला विकास समिति र जिल्ला प्रसाससन कार्यालयमा नियमित धर्ना बस्दै आएका आन्दोलनकारीहरुले पहिलो दिननै उनलाई एक घण्टा कार्यालय छिर्न दिएका थिएनन । त्यस्तै प्रसासनमा नेपाल सरकार गृह मन्त्रालय प्रदेश नं ५ जिल्ला प्रसासन कार्यालय गुल्मी लेखेको बोर्ड राखिएको छ । बोर्डको जिल्लाका मुख्य रानैतिकदलका प्रमुखहरुले उद्घाटन गरेका थिए ।img_1642त्यस्तै संसोधन प्रताव दर्ता गरेर ५ नं प्रदेशबाट आफुहरुलाई अलग्याउन लागेको बिरोधमा आज थाल ठटाएर बिरोध जुलुस निकालिएको छ । नौ दिन सम्म जिल्ला बन्द र आन्दोलन भैरहदाँ पनि सरकारले आफ्ना माग नसुनेको तथा तराईलाई अलग्याएर पहाडमा भोकमोरी सृजना गर्न लागेको भन्दै सांकेतिक रुपमा थाल ठटाएर जुलुस निकालिएको आन्दोलन परिचालन कमिटीका संयोजक भुवन प्रसाद श्रेष्टले बताए । img_1645मंसिर २४ गते जिल्लाका मुख्य आठ केन्द्रहरुमा बिशाल आम सभा गर्ने कार्यक्रम रहेको आन्दोलन परिचालन कमिटीका सदस्य मधुकृष्ण पन्तले बताए । अनिश्चतकालिन जिल्लामा दैनिक ज्याल मजदुरी गर्ने मजदुर, स्वेदश तथा बिदेशकाट जिल्ला भित्रने र बाहिने व्यक्तिहरु मर्कामा परेका छन् । सरकारी कार्यालयका सेवाहरु पुर्ण रुपमा ठप्प भएका छन् । जसले गर्दा आम नागरिकको जनजीवन निकै कष्टपुर्ण बन्दै गएको छ ।img_1604ग्रामिण इलाकाबाट विभिन्न कामको शिलसिलामा सदरमुकाम आउने तथा जिल्ला बाहिर जाने व्यतिmहरुले सास्ती खेप्नुपरेको छ । बिरामी तथा बृद्धबृद्धाहरु पनि बन्दको मारमा परिरहेका छन् । गाउँघरमा उत्पादन गरेर शहर बजारमा बिक्री वितरण गरिदै आएका तरकारी, फलफुल तथा दुघ कृषकहरुले पनि उत्पादन खपत नहुदा समस्या परेको बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend