logo
  • शनिबार, साउन ९ २०८३

सिमाङ्कन हेरफेरको बिरोधमा गुल्मीका महिलाहरु थाल लिएर सड्कमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

अनिल खत्री, गुल्मी मंसिर २३ ।
आन्दोलनकारीको माग सुनुवाइ नगरेको भन्दै गुल्मीमा महिलाहरु थाललिएर सड्कामा प्रर्दशन गरेका छन् । पाँच नम्बर प्रदेसबाट पहाडी जिल्ला छुट्टाएको बिरोधमा चलिरहेको आन्दोलनको माग सुनुवाई नभएपछी गुल्मीको सदरमुकाम तम्घासका महिलाहरु आन्दोलन स्वरुप थाल जुलुस प्रर्दशन गरेका हुन ।
gulmi-thal-julus
लगातार चलिरहेको आन्देलन र बन्दबाट भोकमरी चल्ने अबस्था आउदा समेत सरकारले कुनै वास्ता नगरेको भन्दै उनिहरुले आफुले खाने थाल, चम्चा, गिलास लिएर प्रर्दशनमा उत्रिएका थिए । महिलाहरुले बिभिन्न नाराबाजी सहित सदरमुकाम तम्घासको लाकुरी मञ्चबाट बजारका बिभिन्न स्थानहुँदै लाकुरी मञ्चमा आई कोणसभा समेत गरेका छन् ।
gulmi-thal-julus-1
सभामा बोल्ने अधिकांश महिला नेतृत्वहरुले सरकारले दर्ता गरेको संशोधान प्रस्ताब तुरुन्त फिर्ता लिएर आमसर्बसाधारणको दैनिकि सहजबनाउन तर्फ लाग्न सरकारलाई आग्रह गरेका छन् । आन्दोलनकारीले बिरोध स्वरुप सदरमुकाम तम्घासको जिल्ला प्रसाशन अगाडी नेपाल सरकार गृह मन्त्रालय प्रदेश नं. ५ जिल्ला प्रशासन कार्यालय गुल्मीको बोर्ड समेत राखेका छन् । गुल्मी आन्दोलनका आज नवौं दिन यहाँका राजनैतिक दलका सवै नेता र जनता मिलेर ५ नम्वर प्रदेश अन्तरगत गुल्मी जिल्ला प्रशासनको औपचारिक उद्घाटन गरेका छन् ।

लगातारको बन्दले गुल्मीको जनजिवन कष्टकर बन्दै गएको छ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा ९दिन देखि अनिश्चित कालिन बन्दले जनजिवन कष्टकर बन्दै गएको छ । बन्दकर्ताले बिहानै देखि बन्दा गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार,कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् ।

जिल्लाको सदरमुकाम तम्घास सहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सारका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन् । संबिधान संसोधनमाको बिरोधमा गुल्मीमा बिहिवार पनि सरकारी कार्यलयमा कामकाज ठप्प पार्न धर्ना दिईरहेका छन् । अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानिय राजनितिकदल, बिभिन्न बिद्यार्थी संगठन, पत्रकार महासंघ लगायत स्थानिय बासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा धर्नादिदै आएका छन् ।

विरोध कार्यक्रममा ‘सिमांकन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् । धर्नामा बसेका आन्दोलनकारीले सांगितिक प्रस्तुतिहरु राख्दै संशोधन प्रस्ताव फिर्ता ल्याउन दवाव दिइरहेका छन् ।

आन्दोलनलाई थप सशक्त बनाउन यहि मंसिर २४ गते जिल्लास्थित व्यापारिक केन्द्रहरु शान्तिपुर, वामीटक्सार, मजुवा, खैरेनी, रिडी, बलेटक्सार, सिमलटारी पुर्कोट दहमा वृहत विरोध सभा गर्ने बताइएको छ । सभाको लागी जिल्ला स्थित सयुक्त आन्दोलनका शिर्ष नेता तथा बिधर्थी नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

गुल्मीमा बिद्यालयहरुमा अर्धबार्षिक परिक्षा संचालन भएकाले थप समस्या नहोस भन्नका लागि शैक्षिक संस्था बन्द गरिएको छैन । लामो तथा छोटो दुरीका सवारीका साधन नचलेपछि कुलपुजाको लागी स्वदेश तथा बिदेशबाट घर फर्कनेहरुलाई निकै सास्ती परेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend