logo
  • शनिबार, असोज १० २०८३

सिमलटारी वासीले गरे जिल्लाको जनसभा वहिष्कार


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी मंसिर २३ ।
५ नम्वर प्रदेश टुक्राउन नदिने माग राख्दै गरिएको आन्दोलनको भोली दशौं दिन जिल्लाका ८ स्थान मध्ये सिमलटारीमा विशाल जनसभा गर्ने घोषणा हिजो यहाँको संयुक्त जन आन्दोलन समितिले गरे लगत्तै सिमलटारी वासीले उक्त जनसभा वहिष्कार गर्ने घोषणा गरेका छन् ।
gulmi-aandolan-cthi_1
हिजो स्थानिय निकाय निर्धारण गर्ने वेलामा ठुलै शहरका रुपमा विकास भई सकेको र धेरै गाउँका लागि पायक पर्ने केन्द्र हुँदाहुदै पनि वेवास्ता गरिएकोबाट रुष्ट बनेका मरभुङ्गका सवै राजनैतिक दलहरुले आज विहान बैठक वसी सिमिलटारीमा जिल्लाका कुनै पनि दलका नेताहरुलाई कार्यक्रम गर्नका लागि छिर्न नदिने निर्णय समेत गरेको मरभुङ्ग स्थित हाम्रा समाचार प्रतिनिधी खड्ग नेपालीले जानकारी दिए ।

नेपाली कांग्रेस मरभुङ्गका सभापति मुक्तीराम पौड्याल, नेकपा एमालेका अध्यक्ष तुल्सीराम अर्याल, नेकपा माओवादी केन्द्रका ईञ्चार्ज स्र्यबहादुर जिसी लगायतका दलका नेता , समाज सेवी वुद्धिजिवी सर्वसाधरणहरुको भेलाले भोली गरिने भनिएको सिमलटारीको जनसभा वहिष्कार गर्ने निर्णण् गरिएको नेपाली जानकारी दिए ।

तपाईलाई भोली सिमलटारी जाने पत्रकारका रुपमा खटाईएको छ भन्ने सुनिएको छ तर यहाँका राजनैतिक दलले भोलीको कार्यक्रम वहिष्कार गरेर पर्सी शनिवार सिमलटारीवासीले आफै कार्यक्रम राखेर प्रेम सुनारलाई बोलाई जिल्लाका नेताहरु प्रतिको जनआक्रोष सञ्चार माध्यम सम्म पुराउने निर्णय समेत भएको छ , तपाई त्यस दिन अनिवार्य आउनु होला –नेपालीले भने । एक हप्ता अघि त्यहाँ पुग्दा माओवादी केन्द्र मरभुङ्गका ईञ्चार्ज सुर्यबहादुर जिसीले आफ्नै पार्टीका नेताहरुले समेत मरभुङ्गवासीको माग सुन्न नसकेको गुनासो गरेका थिए ।

माओवादी , कांग्रेस एमालेले यस क्षेत्रको पार्टीका कार्यक्रम राख्दा सिमलटारीलाई केन्द्र मान्दै कार्यक्रम गर्न हुने अहिले स्थानिय निकाय बनाउँदा किन केन्द्र मान्न सकिएन ? यस्तो प्रश्न गर्दै त्यहाँका हरेक राजनैतिक दलका नेता कार्यकर्ता र आम सिमलटारीवासी रुष्ट छन् ।

माओवादीका पुर्व सभाषद सागर , वर्तमान सांसद गोकर्ण विष्ट, सभाषद उमेदवार कांग्रेस नेता त्रैलोक्य प्रताव सेन लगायतमा सवै दलका नेताहरुले विगतमा कार्यक्रम गर्दा सिमलटारी क्षेत्र नम्वर ३ को केन्द्र भएको र भविश्यमा त्यही रुपमा विकास गरिने भाषण समेत दिएको स्मरण गर्दै अव कुनै पनि दलले सिमलटारीमा पार्टीका जनसभाहरु गर्न नदिने उद्घोष गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend