logo
  • शनिबार, साउन ९ २०८३

लगातार बन्दले मजदुरको दैनिकी चल्न गाह्रो


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

सुवास वि.सी., पाल्पा मंसीर २३ ।
प्रदेश नम्बर ५ का पहाडी जिल्ला छुट्टाईने गरी ल्याईएको संविधान संशोधन प्रस्ताव संसदमादर्ता भएपछि प्रस्तावको विरोधमा गरिएको आन्दोलनका कारण एक नौ देखि पाल्पाको जनजिवन प्रभावित भएको छ । शैक्षिक सस्था, यातायता, उद्योग व्यापारहरु,पनि ठप्प भएका छन् ।

जिल्लाको सदरमुकामका चोक,चोकमा भारि बोकेर आफ्नौ दैनिकी चलाउने मजदुर लगातार बन्दको कारणले गर्दा प्रत्यक्ष प्रभावित भएका छन् । दिन भर जसो भारि बोकेर दैनिकी छाक टार्र्दाै आएका भारि बोक्ने मजदुर बन्दले बढि प्रभावित भएका हुन् । “ट्रकबाट माल झारेर घर खर्चा चलाउथे आज सात दिन भो एक पैसा कमाई भएको छैन्,दिन दिनै आउछु आन्दोलनमा आईजा भन्छन,उतै दिन बितेको छ,घरमा जादा बच्चा र श्रीमती मलाई खान खोज्छन् ।

”तानसेनमा बषौँ भारि बोक्दै आएका एक मजदुरको भन्नु भो । नेपालमा आएको बन्दको चलनले आर्थिक रुपामा सम्पन्न शालिलाई त कुनै प्रभाव नभए पनि दिन भरि भारि बोकेर साझा विहान चुलो बल्नेलाई धेरै असर परेको छ । हजारौ रुपियाँ भाडा तिरेर व्यापार गर्नेहरु व्यापारी,गाँउ छाडेर पढ्न बसेका विद्यार्थीहरु, बन्दको कारण बढि प्रभावित हुने गर्दछन् । गुल्मी,अर्घाखाचि,स्याङजा,लगाएतका बहिरी जिल्लाबाट नियमित औषधी प्रयोग गर्ने दिर्घ विरामीहरुलाई पिन बन्दको कारण पाल्पा आएर औषधी थप गर्न र नियमित औषधी प्रयोग गर्न गह्रो भएको छ ।

लगातार पाल्पा बन्दको कारणले गर्दा विद्याथीहरु बाटोमा खेल्दै आएका छन् भने शिक्षकहरु बरु हिँउदे विदामा पढाउने तर ५ नम्बर प्रदेश टुक्राउन दिने होईन भनेर राजनितिक दलहरुसगं आन्दोलनमा हिडिरहेका छन् । नेपाल रहे नेपाली रहिन्छ भन्दै पाल्पाका सरकारी तथा निजि विद्यालयका शिक्षकहरु आन्दोलनमा लागेका हुन् ।

यसरी लगातार बन्दको कारणले जनजिवन कष्टकर बनेको छ,नेता तथा कार्यकर्ताहरु आन्दोलनमा लाग्ने बन्द गर्ने यहाँ गरिब मजदुर,विद्यार्थी,व्यापारी तथा टाढा टाढाका बिरामीहरुले दिनहुँ सास्ति खेप्नु परेको छ । यदि राष्ट्र र राष्ट्रियताको लागि आन्दोलन हो भने आन्दोलनको स्वरुप फेरेर, आफ्ना माग सम्बन्धित पक्षमा राख्न पाल्पाली जनताको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend