साझा नेटवर्क
प्रेम सुनार, गुल्मी मंसिर २३।
गुल्मीको हाडहाडे र धुर्कोट रजस्थलमा साझको छाक टार्नका लागि निमेक मजदुर गरेको दुइ चार पाथी कोदो पिस्न मिलमा आएका लोकबहादुर मुखियाको मिलको फितामा बेरिएर ज्यान गएको छ ।
साँझ करिव चार बज्नै लागेकोले श्रीमति केटा केटी अत्तालिए होलान भन्ने चिन्ता पनि हुँदो उनमा, त्यसैले पनि उनि हतार मनस्थितीमा भएर मिलको पट्टामा हात लम्काए हात लम्काए संगै उनलाई त्यसै मिलले बेर्दै र निर्चोदै ज्यान लियो ।
हिजो साँझ गुल्मी हाडहाडे र धुर्कोट रजस्थलमा पर्ने नादीखोलमा रहेको कुटानी पिसानी मिलको घटना हो । उक्त मिलले उनि अर्थात धुर्कोट रजस्थल–१ का अन्दाजी ५५ वर्षिय लोकबहादुर मुखियाको ज्यान लएको हो ।
पिठाको वाहन वसाल्ने तयारीमा बसेकी उनकी श्रीमतिलाई त्यो खवरले मुर्छित पार्यो । धुर्कोट रजस्थल–१ का वावलुलाल नेपाली र यमबहादुर कुँवरले यो खवर टिपाई रहँदा स्थानिय रेडियोहरुले समाचार प्रशारण गरी सकेका थिए ।
उक्त समयमा नयाँगाउँ प्रहरी आएर अनुसन्धान गर्दै थियो । सुचनाकर्ताले टिपाए अनुसारको घटना हो वा सत्य तथ्य के हो ? प्रहरीको अनुसन्धानले देखाउला, उक्त मिल हाडहाडे–१ नादी खोला निवासी मनोज श्रेष्ठको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend