साझा नेटवर्क
अनिल खत्री, गुल्मी मंसिर २२ ।
सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा सिठी जुलुस प्रर्दशन भएको छ । सिमाङ्कन हेरफेरमा फिर्ता गराउन सरकारले आन्दोलनकारीको माग सुनुवाई नगरेपछी गुल्मीमा सिठी जुलुस प्रर्दशन गरेका हुन ।

आन्दोलनरता सत्तापक्ष र प्रतिपक्षका सहित जिल्लास्थित सबैराजनितिक दल, उद्योगवाणिज्य संघ, नागरिक सहित जिल्लाको आन्दोलनकारीले सदरमुकाम तम्घासको लाकुरी मञ्चबाट बजारका बिभिन्न स्थानमा सिठी बजाएर प्रर्दशन गरेका थिए । सरकारले संबिधान संशोधनमा पहाडी जिल्ला टुक्राएको बिरोधमा ८ दिनदेखि गुल्मी अनिश्चित कालिनबन्द हुदै आएको छ ।

बन्दकर्ताले बिहानै देखि बन्दा गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार,कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् । लगातारको बन्दबाट गुल्मीको जनजिवन कष्टकर बन्दै गएको छ । विरोध कार्यक्रममा ‘सिमांकन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् ।
संबिधान संसोधनमाको बिरोधमा गुल्मीमा बुधवार पनि सरकारी कार्यलयमा कामकाज ठप्प पारेका छन् । अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानिय राजनितिकदल, बिभिन्न बिद्यार्थी संगठन लगायत स्थानिय बासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा धर्नादिदै आएका छन् । सरकारी कार्यालयमा धर्ना पछी बजारमा सिठ्ठी जुलुस प्रर्दशन समेत गरिदै छ ।
सरकारले ल्याएको सिमाङ्कन हेरफेरमा चलिरहेको आन्दोलन नसुनेको भन्दै माग पुरा गर्नको लागी सिठ्ठी बजाएर सरकारलाई सुनाउन उक्त जुलुस प्रर्दशन गरिने संयुक्त अन्दोलन समितिले जनाएको छ । सरकारले जनताको भावना विपरित ल्याइएको सिमाङ्कन हेरफेर फिर्ता नल्याए सम्म आन्दोलन जारी रहेने सयुक्त आन्दोलन समितिका अध्यक्ष भुवन प्रसाद श्रेष्ठले बताए । जिल्लाको संयुक्त आन्दोलन समितिले थप आन्दोलनका कार्यक्रमहरु थप्दै गएको छ ।
बुधवार सतितिका अध्यक्ष भुवन प्रसद श्रेष्ठद्धारा हस्ताक्षरित बिज्ञप्तीमा गुल्मी जिल्लाबाहिर रहेका गुल्मीसँग सम्बन्धित संघसंस्थाले गरेको आन्दोलनलाई सर्मथन गर्दै काठमाडौं, रुपन्देही, कास्की, कपिलबस्तु, परासी, दाङ्ग, बाके, बर्दिया, चितवन लगायतका अन्य जिल्लाका स्थानमा आन्दोलन थप सशक्त बनाउन अनुरोध गर्ने गरेको छ । समितिले तयार गरेको आचारसहिता विपरीतका दलविशेष र नेता विशेषको विरोध, पुत्लादहन जस्ता गतिविधि नगर्न समेत सचेत गराउने बिज्ञप्तीमा उल्लेख छ ।
आन्दोलनलाई थप सशक्त बनाउन यहि मंसिर २४ गते जिल्लास्थित व्यापारिक केन्द्रहरु शान्तिपुर, वामीटक्सार, मजुवा, खैरेनी, रिडी, बलेटक्सार, सिमलटारी पुर्कोट दहमा वृहत विरोध सभा गर्ने बताइएको छ । आन्दोलन अवधिभर कुनै पनि राजनितीक दलको झण्डा प्रयोग नगर्ने र राष्ट्रिय झण्डा प्रयोग गर्ने आन्दोलन परिचालन कमिटीले निर्णय गरेको छ ।
बिद्यालयहरुमा अर्धबार्षिक परिक्षा संचालन भएकाले थप समस्या नहोस भन्नका लागि शैक्षिक संस्था बन्द गरिएको छैन । लामो तथा छोटो दुरीका सवारीका साधन नचलेपछि कुलपुजाको लागी स्वदेश तथा बिदेशबाट घर फर्कनेहरु मर्कामा परिरहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend