साझा नेटवर्क
बिमल खड्का बागलुङ ,मंसिर २२।
बुर्तिबाङमा आज अपाङ्गता भएका वालवालिकाकालागि एक दिने अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न भएको छ । अपाङ्गत पुनस्थापना केन्द्र बनेपा काठमाण्डौ र प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा यो शिविर सञ्चालन भएको हो ।शिविरमा अपांगता भएका ५० जना वालवालिकाले सेवा लिएको शिगिवर व्यवस्थापन अन्तरगत धौलागिरी अञ्चलका सामाजिक परिचालक सञ्जु शाहीले बताउनुभएको छ । शिविरलाई विएण्ड वि अस्पताल काठमाण्डौ, र प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङले सहजीकरण गरेका छन् ।
जिल्लाको पश्चिम क्षेत्रका विभिन् गाउँ विकास समितिबाट अपांगता भएका वालवालिकाका लागि आयोजना गरिएको शिविरमा सहभागीता रहेको बताइएको छ । शिविरमा आएका मध्ये ५ जनालाई काठमाण्डौ स्थित अपांगता पुनस्थापना केन्द्रकै पहलमा अप्रेशनका लागि रिफर गरिएको छ ।
शिविरमा जन्मजात खुट्टाको पैतला भित्र फर्केका, आगोले पोलेर अंगभंग भएका,भाँचिएका, वा हड्डी वाँगो भएका र ओठ तथा तालु फाटेका समस्या भएका वालवालिकाको उपस्थिति रहेको जनाइएको छ । यसैबीच शिविरकै अवसरमा आजै उत्तरगंगा माध्यमिक विद्यालयका अध्ययनरत ६ सय ७६ जना विद्यार्थीहरुलाई मेरुदण्डको समस्याका विषयमा स्वास्थ्य परीक्षण गरिएको छ ।
उनीहरु कसैमा पनि समस्या नभएको बताइएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend